रामेछाप । रामेछाप नगरपालिकामा सुशासन र सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । नगरपालिकाको समन्वयकारी प्रशासनिक नेतृत्व र अब्बल निर्णय क्षमता भएका जनप्रतिनिधिको नेतृत्वले गर्दा नगरपालिकामा सेवा प्रवाह र सुशासन प्रभावकारी बन्दै गएको हो ।
नगरपालिकाले प्रदान गर्ने सबै सेवालाई सेवाग्राहीको सहज पहुँच हुने गरी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै गएको टोखा नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधकिृत भोला चापागाईले अधिकारीले नगरपालिकामा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी नगर प्रवक्ता, सूचना प्रविधि अधिकृतको व्यवस्था गरी नगरपालिकालाई सुशासन र सेवा प्रवाहमा प्रभावकारी बनाउँदै लगिएको बताउनुुभयो ।
उहाँका अनुसार सेवा प्रवाह गर्ने क्रममा कुनै समस्या आइपरे तत्काल समस्याको समाधान गर्ने गरिएको छ । कुनै सेवाग्राहीले समस्या परे नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित शाखाका प्रमुखलाई भेटेर आआफ्ना समस्या राख्ने गरेका छन् । त्यसरी आएका सेवाग्राहीको समस्यालाई नगरपालिकाले सम्बोधन गर्दै आएको छ ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार चालुु आर्थिक वर्षमा नगरसभाले पारित गरेका नीति, योजना र कार्यक्रम अहिले धमाधम कार्यान्वयन चरणमा छ, नगर कार्यपालिकाका निर्णय कार्यान्वयन भएको, आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि कर्मचारीलाई निर्देशन प्रदान गर्ने गरिएको छ । सम्बन्धित शाखाले गर्ने कामको सोही शाखालाई जिम्मेवारी प्रदान गरी सेवाग्राहीलाई सहज र सुुलभ पारिएको छ ।
बसोबासका लागि सडक, सार्वजनिक यातायातलगायत आधारभूत पूर्वाधार पनि सहज बन्दै गएका छन् ।







































