सूर्यविनायक नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँगको सहकार्यमा नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउने कार्यलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य र रेडक्रस सभापति परशुराम पाण्डेबीच सम्झौता नवीकरण भई आवश्यक रगत तथा रक्ततत्वको खर्च नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको हो।
नगर प्रमुख बासुदेव थापाको पहलमा सुरु भएको यस कार्यक्रमले आर्थिक रूपमा कमजोर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा मद्दत पुर्याएको छ।






































