सोलारको तार सर्ट हुँदा आगलागी, करिब चार लाखको क्षति

0

मकवानपुर– राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा सोलारको तार सर्ट भई भएको आगलागीबाट करिब चार लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ।

आगलागीमा स्थानीय ७० वर्षीया आइती मायाँ प्रजाको एकतले घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। घरभित्र राखिएको करिब ७० हजार नगद, एक थान सुनको तिलहरी, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सबै सामान जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आउँदै ठूलो क्षति हुनबाट जोगिएको नायब उपरीक्षक बोगटीले बताए।