स्वाभिमान यात्राको तयारी तिव्र

361

भक्तपुर । धर्म सनातनता अनी संस्कृतिको रक्षा गर्दै देशमा शान्ति कायमताका लागि राप्रपाले आयोजना गर्न लागेको स्वाभिमान यात्राको तयारी तिव्र गतिमा अगाडी बढेको छ ।
उक्त स्वाभिमान यात्राको तयारी स्वरुप राप्रपा भक्तपुरका युवा नेताहरु प्रचार प्रसारका क्रममा जनताका घर दैलो पुगेका छन् ।
जनताले पाएका दुःख कस्ट अनी उनीहरुको समस्याको समाधानका लागि आफूहरु एक हौ भन्दै उनीहरुले घर दैलो सम्पन्न गरेका छन् ।
धार्मिकताको रक्षा गर्दै आफ्नो सँस्कृति परम्परा अनी रिती रिवाजको रक्षा गर्दै आगामी फागुनमा हुन लागेको स्वाभिमान यात्रामा सहभागिताको लागि आवहान गर्दै राप्रपाले भक्तपुर लगायत ७७ जिल्लामा नै आफ्नो घर दैलो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा मेची महाकाली राष्ट्रिय स्वाभिमानी यात्रा अभियानका सदस्य सचिब माधब खत्रीले आफ्नो परम्परा अनी धर्म जगेर्ना गर्न हामी आफै लाग्नु पर्ने बताउँदै फागुनमा हुन् लागेको यात्रामा सवैलाई सहभागिता जनाउन आवहान समेत गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर जिल्लाका अग्रज नेता तथा कार्यकर्ताको सहभागिता रहको थियो ।