स्व.पहलमानसिंह स्वारको १४० औं जन्मजयन्ती

339

काठमाडौ । नेपालको पहिलो वियोगान्त नाटक ‘अटलबहादुर’ का सर्जक तथा अमरसाधक स्वर्गीय पहलमान सिंह स्वारको १४० औं जन्मजयन्ती मनाइएको छ ।

पहलमान सिंह स्वार स्मृति प्रतिष्ठानद्धारा रत्न पुस्तकालय बानेश्वरमा आयोजित जन्मजयन्ती कार्यक्रममा स्व.स्वारको प्रतिमामा प्रतिष्ठानका सल्लाहकार प्रा.डा.पार्थिवेश्वर तिमल्सिना, महासचिव यज्ञराज उपाध्याय, कोषाध्यक्ष प्रा.इश्वरी स्वार, कार्यकारी सदस्य डा.दिपबहादुर स्वार तथा रत्न पुस्तकालयका सचिव प्रकाश आचार्य लगायतले माल्यार्पण गर्नुभएको थियो ।

कायक्रममा वक्ताहरुले स्वर्गीय स्वारले नेपाली साहित्यमा पुरयाएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

यसैवीच पहलमान सिंह स्वार मेमोरिय मावि, पहलमानपुर कैलालीमा पनि स्व.स्वारको जन्मजयन्ती मनाइएके प्रतिष्ठानका कोषाध्यक्ष तथा स्व.स्वारकी नातिनी प्रा.इश्वरी स्वारले बताउनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष हिरप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्तममा स्व.स्वारको स्मृतिमा कविता वाचन तथा लोकगीत प्रतियोगिता आयोजना गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद सुवेदी, शिक्षकहरु हर्कजंग सुब्बा, प्रेमप्रसाद जोशी, कुम्भकर्ण चौधरी, महादेव अवस्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विजयराज स्वारलगायतले स्वर्गीय स्वारको योगदानबारे चर्चा गरेका थिए ।