काठमाडौं ।
शिक्षासेवी एव्म समाजसेवी स्वर्गीय प्रा.खड्गमान मल्लको १०७ औं जन्मजयन्तीको अवसरमा स्व.मल्लका परिवारको नीजि खर्चमा नार्गाजुन नगरपालिका ७ स्थित गोतामेथोक, महादेवस्थानमा एकदिने निशुल्क स्वास्थय शिवीर आयोजना गरेका छन् ।
वरिष्ठ शल्य चिकित्सक सहायक रथी डा.मदनमान मल्लको नेतृत्वको चिकित्सक टोलीमा वरिष्ठ फिजिसियन डा. किरण मानन्धर, स्त्रीरोग विशेषज्ञ डा.अल्का कुमार कलवार,छालारोग विशेषज्ञ डा.भवेन्द्र सुवाल, मेडिकल अधिकृत डा.सृष्टि अधिकारी थिए ।
सहायक रथि डा.मल्लका अनुसार शिवीरमा हाडजोर्नीको समस्या, महिलाको पाठेघर खस्ने समस्यालगायतका समस्या भएका दुईसयजनाको निःशुल्क स्वास्थ्य परीक्षण गरि निःशुल्क औषधि वितरण गरिएको थियो ।
स्वास्थ्य शिवीर शुरु हुनुअघि सहायक रथि डा.मल्लले स्वर्गीय प्रा.खड्गमान मल्लले शिक्षा, समाजसेवा, साहित्य र प्रशासन क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
स्वर्गीय खड्गमान मल्लको स्मृतिमा यसअघि ‘खड्ग—प्राण स्मारक सांस्कृतिक गुठी’ले हरेक वर्ष विभिन्न सामुदायीक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने र निःशुल्क स्वास्थ्य शिवीर आयोजना गर्दै आएको थियो ।







































