काठमाडौं – नेपालमा हरेक वर्ष १३ हजार नवजात शिशुको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ज्यान गुमाउनेमध्ये ८० प्रतिशत नवजात शिशुको उपचार सम्भव भएको रोगहरुकै कारण ज्यान जाने गरेको छ ।
ज्यान गुमाउने १३ हजार शिशुमा समयभन्दा अगाडि जन्मिनु, निमोनिया, जन्मिने वित्तिकै हुने विभिन्न रोगको संक्रमण लगायत कारण रहेको र उनीहरुले जन्मिएको २८ दिनभित्र ज्यान गुमाउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
युनिसेफले आजै हरेक शिशु जिवित अभियान सुरु गरेको छ । विश्वमा नवजात शिशुको मृत्युदर घटाउने उद्धेश्यसहित यो अभियान सुरु गरिएको युनिसेफले जनाएको छ ।







































