Home शिक्षा १० बुँदे घोषणापत्र जारी गर्दै शिक्षाको अधिकार बारे नागरिक सम्मेलन सम्पन्न (घोषणापत्र...
काठमाण्डौं । शिक्षा सुधारका लागि १० बुँदे घोषणापत्र जारी गर्दै शिक्षाको अधिकार बारे नागरिक सम्मेलन सम्पन्न भएको छ । काठमाण्डौंको कमलादीमा दुई दिन सम्म चलेको सम्मेलनमा आधारभूत शिक्षा, आधारभूत मानव अधिकार विषयमा छलफल भएको थियो ।
नेपालमा शिक्षाको अधिकार संविधान देखि विद्यलाय र परिवार सम्म वर्तमान सवाल र अवसरका विषयमा सम्मेलनमा छलफल भएको थियो ।
सम्मेलनमा शिक्षाको ब्यवस्थापन तथा अनुगमनमा जनसहभागिता सवलिकरण , शिक्षामा श्रोत ब्यवस्थापन परिचालन विषयमा छलफल भएको थियो ।
नेपालमा विद्यमान शिक्षा पद्दती र अवको संवैधानिक अधिकार र परिस्कृत गुणस्तिरिय शिक्षाको विकासमा अवको आवश्यकता लगायतका विषयमा उक्त सम्मेलनमा छालफल भएका थिए ।
सम्मेलनमा समापनलाई सम्वोधन गर्दै शिक्षा तथा स्वास्थ्य संसदिय समितिकी सभापति ओम पुरी घर्तीले शिक्षामा सुधारको धेरै काम बाँकी रहेको बताउनुभयो । उहाँले कक्षा १२ सम्म शिशुल्क र अनिवार्य शिक्षाको कानून त बन्यो तर कार्यान्वयनको पाटोमा भने केहि कमजोरी अझ पनि देखिएको उहाँले बताउनुभयो । हामी मानसिक हिसावले पनि अझ नि शुल्क र अनिवार्य शिक्षामा जन नसकेको दुखेसो उहाँको रहेको थियो ।
यस्तै कार्यक्रममा नै शिक्ष सचिव खवराज बरालले शिक्षाका जति कुरा गरे पनि हाल सम्म पनि कुनै पनि विद्यालय आफैपनि वाल मैत्री हुन् नसकेको बताउनुभयो । उहाँले सामान्य उदाहरणका रुपमा हामी बसमा यात्रा गर्दा बालवालिकालाई सिट छोड्न नसक्नु देखि विद्यालयका शौचालयका चुकुल अनी घरको शौचालयको चुकुल सम्म त बाल मैत्री हुन् सकेका छैनौ भने कसरी बाल बालिकाको सवालमा कुरा गर्न तथा उनीहरुको हकको लागि काम गर्न सक्छौं ।
बालवालिका को सवालमा हामी काम गर्ने नै हो भने पहिला आफुले बालक कालमा भोगेका समस्या पनि सम्झन सक्नु पर्ने उहाँको तर्क रहेको थियो ।
नेपालमा शिक्षाको लागि बजेट हरेक बर्ष कमि हुँदै आएको शिक्षा अधिकारका लागि राष्ट्रिय सम्मेलन आयोजक समिति एवं चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी बताउनुहुन्छ । शिक्षामा सुधारको आवश्यकता रहेको भनी रटान कस्नु तर शिक्षामा दिनानुदिन बजेट भने कटौती गर्दै जाने हो भने कहिले पनि हामी शिक्षाको क्षेत्रमा अघि बढन नसक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ (नेपाल (SMC Federation), CNET,CNT, Consortium, CRC committee, HRTMCC,CZOP,DUCOM,Education Watch Group, EJG,EJON,IEFN,MuAN,NACRO,NAOSC,NCFLG Foraum,NCPA, NARMIN रहेका छन् । यस्तै कार्यक्रमको संयोजन भने लुनिभा चाइल्ड कन्सर्न ग्रुपले गरेको छ । कार्यक्रमको आर्थिक सहयोग भने फिनल्याण्ड परराष्ट्र मन्त्रालय, वल्र्डभिजन ईन्टरनेशनल नेपाल र टीडीएच जर्मनले गरेको थियो



Related