२०४८ देखि कुन चुनावमा कति मत खस्यो ?

0

संसदीय निर्वाचनमामा मतदान प्रतिशत ‘तल–माथि’ भइरहेको देखाउँछ । एकदलीय व्यवस्थाको अन्त्यसँगै २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो ।

निर्वाचन आयोगको तथ्यांक अनुसार, खसेको ७२ लाख ९१ हजार ८४ मत खसेको थियो । त्यतिखेर ४.४२ प्रतिशत मत बदर भएको थियो ।

२०५१ को चुनावमा ७६ लाख २५ हजार ३४८ मत खसेको थियो । त्यसमध्ये ७३ लाख ८४ हजार २७७ मत सदर भएको थियो । दुई लाख ४१ हजार ७१ मत बदर भएको आयोगको तथ्यांक छ ।

२०५६ सालको निर्वाचनमा ६७.१३ प्रतिशत मत खसेको थियो । त्यतिबेला ८८ लाख ९४ हजार ५६६ मत खसेको थियो ।

२०६४ को निर्वाचनमा १ करोड  ११ लाख ४६ हजार ५४० मत खसेको थियो,  जुन ६३.२९ प्रतिशत हो । त्यसमा १ करोड ७ लाख ३९ हजार ०७८ मत सदर भएको थियो ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा ९५ लाख १६ हजार ७३४ मतदाता मतदानमा सहभागी भए । त्यतिबेला ७८.७४ प्रतिशत मतदान भएको थियो । त्यसमध्ये ९० लाख ४४ हजार ९०८ मत सदर भएको थियो । ४ लाख ७१ हजार ८२६ (४.९६) प्रतिशत मत बदर भएको थियो ।

२०७४ सालको चुनावमा पहिलो चरणमा २० लाख ६८ हजार ७९८ र दोस्रो चरणमा ८५ लाख २५ हजार १७३ गरी कूल १ करोड ५ लाख ९३ हजार ९७१ मत खसेको थियो । जुन ६८.६७ प्रतिशत हो । त्यतिबेला ५.१६ प्रतिशत मत बदर भएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ मा करिब ६० प्रतिशत मत खसेको छ । यो निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए ।

जेनजी विद्रोहको पृष्ठभूमिमा भएको मध्याधि निर्वाचन बढी मत खस्ने आँकलन थियो । तर, अघिल्ला निर्वाचनहरु भन्दा कम मत खसेको छ । कुनै दल र संगठित संस्थाले औपचारिक रुपमा चुनाव बहिष्कारको घोषणा गरेका थिएनन् ।

अघिल्लो २०७९ को चुनावमा ६१.६३ प्रतिशत मत खसेको थियो ।