२२ मेगावाट क्षमताको बागमती हाइड्रोको परीक्षण सुरु 

225

२२ मेगावाट क्षमताको बागमती हाइड्रोको परीक्षण सुरु 

काठमाडौं । बागमती हाइड्रोको सम्पूर्ण काम सकिएर शुक्रबारबाट परीक्षण सुरु गरिएको छ। मकवानपुरको इपा-पञ्‍चकन्यामा रहेको २२ मेगावाट क्षमताको बिजुली उत्पादन गर्न चार अर्ब लगानी लागेको जनाइएको छ। 

माण्डु हाइड्रो पावरको लगानीमा बनेको बाग्मती साना जलविद्युत आयोजनाले स्थानीयलाई दश प्रतिशत शेयर दिने जनाएको छ। २४४० मिटरको टनेल रहेको यस हाइड्रो पावरबाट उत्पादित बिजुली करिब एक महिनापछि नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिने छ। 

१५ दिन परीक्षण हुने र १५ दिनपछि कर्मसियल अप्रेशन डेट (सिओडी) हुने र त्यपछि मात्रै नेपाल प्राधिकरण मातहतमा जाने बागमती हाइड्रोले जनाएको छ। 

प्रतिकृया दिनुहोस

Source link