४० वर्षपछि पनि सजिलै आमा बन्न सकिन्छ

244

काठमाडौँ । बढ्दो उमेरमा आमा बन्नु महिलाको स्वास्थ्यका लागि खतरनाक मानिन्छ । पछिल्लो समय एक अध्ययनले ४० वर्षपछि पनि सजिलै आमा बन्न सकिने विधी पत्ता लगाएको छ ।

बच्चा नजन्मिएकै कारण कतिपय महिलालाई दिक्दारीले सताउने गरेको छ । पछिल्लो समय ढिलो विवाह गर्ने चलनले पनि कतिपय महिलाहरु चाहेर पनि आमा बन्न सक्दैनन् । यो खबरले ढिलो विवाह गर्ने महिलालाई पनि केही राहत दिने छ ।

युनिभर्सीटी आफ एडिनबर्ग का वैज्ञानिकहरुले एक खास किसिमका फर्टिलिटी हर्मोन पत्ता लगाएका छन् । जुन हर्मोनको कारण ४० वर्ष पार गरेका महिलाले पनि सजिलै आमा बन्न सक्छन् । एक मेडिकल जर्नलमा प्रकाशित लेखका अनुसार डिएचइए नामक हर्मोनले गर्भमा प्रोटिनको मात्रा बढाउछ । जसको कारण जन्मिने शिशुलाई सहयोग पु-याउछ ।

अध्ययनका अनुसार उक्त हर्मोन भएका महिलाहरुले ४० पार गरेपछि पनि सजिलै आमा बन्न सक्छन् । उक्त हर्मोन आफ्नो शीररमा कति छ भन्नका लागि स्वास्थ्य जाँच गरेर पत्ता लगाउन सकिन्छ ।