७२ समानुपातिक प्रदेश सांसदको टुङ्गो लगाउन कांग्रेसले बोलायो बैठक

213

ललितपुर – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएका छन्  ।

प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको नामावलीको टुङ्गो लागउनका लागि बैठक डाकिएको नेपाली काँग्रेस केन्द्रीय सचिवालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावलीको टुङ्गो लगाउनुपर्नेछ । निर्वाचन आयोगले शुक्रबार कार्यालय समयभित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको छ ।
त्यसबाहेक बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको गोरखापत्रमा खबर छ  ।