बलराम प्यासी
काठमाडौं । १० र २१ मंसीरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको मत परिणाम अनुसार ८ जना पुर्व स्वास्थ्यमन्त्री निर्वाचित भइसकेका छन भने एक राज्यमन्त्रीसहित ५ जना पुर्वस्वास्थ्यमन्त्री पराजित भएका छन् ।


निर्वाचनमा जित्ने ८ जना पुर्व स्वास्थ्यमन्त्रीहरुमा गिरीराजमणी पोखरेल, गगन थापा, राजेन्द्र महतो, खगराज अधिकारी, शक्तिबहादुर बस्नेत, उमाकान्त चौधरी, शरतसिंह भण्डारी र अग्नीप्रसाद सापकोटा छन भने पराजित हुनेहरुमा पुर्व स्वास्थ्यमन्त्रीहरु अर्जुन नरसिंह केसी, सुरेन्द्रप्रसाद चौधरी, अशोक कुमार राई, रामजनम चौधरी र राज्यमन्त्री डा.बंशीधर मिश्र छन ।
वर्तमान शेरबहादुर देउवाको मन्त्रीपरिषदमा शुरुमा स्वास्थ्यमन्त्री रहेका तर वामग
ठवन्धनको किचलोपछि विना विभागीय मन्त्री बनाइएका पुर्व स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल प्रतिनिधि सभा सदस्यको लागि महोत्तरी १ बाट २३ हजार ७७६ मत ल्याएर विजयी भए । पोखरेल वागठवन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार थिए । उनले यसअघि २०६४ र २०७० को निर्वाचनमा पनि जितेका थिए । उनी ४ पटक स्वास्थ्यमन्त्री बनिसकेका छन् ।

यसैगरी पछिल्लोपटक पोखरेलभन्दा अघि स्वास्थ्यमन्त्री बनेका नेपाली कांग्रेसका युवा नेता गगन थापा लोकतान्त्रिक गठवन्धनको तर्फबाट काठमाडौं ४ बाट २१ हजार ५५८ मत ल्याएर निर्वाचित भए ।

यसैगरी धनुषा ३ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतो ३० हजार ७४२ मत सहित निर्वाचित भएका छन भने बारा १ बाट नेपाली कांग्रेसका उमाकान्त चौधरी २४ हजार ४५० मत ल्याएर विजयी भएका छन् ।

यसरी नै राजपाका उम्मेदवार पुर्वस्वास्थ्यमन्त्री शरतसिंह भण्डारी महोत्तरी २ बाट ३० हजार ७२२ मतसहित विजयी भएका छन् । महोत्तरी १ बाट गिरीराजमणी पोखरेल र २ बाट शरतसिंह भण्डारी गरि महोत्तरीबाट २ जना पुर्वस्वास्थ्यमन्त्रीले चुनाव जित्ने अवसर पाएका छन् ।

यसैगरी बामगठवन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार अग्नीप्रसाद सापकोटा सिन्धुपाल्चोक १ बाट ४० हजार ५०४ मत ल्याएर निर्वाचित भएका हुन । उनले नेपाली कांग्रेसका उम्मेदवार वर्तमान सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई हराएका थिए ।

यसैगरि कास्की १ बाट एमालेका खगराज अधिकारी ३९ हजार ७९८ मत ल्याएर विजयी भएका छन भने माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत जाजरकोटबाट ३२ हजार २८१ मत ल्याएर विजयी भए ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने ८ जना पुर्वस्वास्थ्यमन्त्री भाग्यमानी भएजस्तै अन्य ५ जना पुर्व स्वास्थ्यमन्त्री भने भाग्यमानी दहरिएनन । निर्वाचनमा पराजित पुर्व स्वास्थ्यमन्त्रीमध्ये नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी नुवाकोट २ बाट पराजित भए । उनी एमालेका नारायण खतिवडासंग १० हजार ५०० को मतअन्तरले हारेका थिए ।
यसैगरी हार्ने अर्का पुर्व स्वास्थ्यमन्त्रीमा नेपाली कांग्रेसकै सुरेन्द्र प्रसाद चौधरी छन । उनी संघीय समाजवादी फोरमका हरिनारायण प्रसाद रौनियारबाट पराजित भएका हुन ।
यसैगरी हार्ने अर्का पुर्व स्वास्थ्यमन्त्रीमा सुनसरी १ बाट संघीय समाजवादी फोरमका उम्मेदवार अशोककुमार राई छन । उनी एमालेका जयकुमार राईसंग २२ हजार ३०५ को मतान्तरले हारेका थिए । यसरी हार्ने अर्का पुर्वस्वास्थ्य मन्त्रीमा नेपाली कांग्रेसका रामजनम चौधरी छन । चौधरीले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्र कैलालीबाट नेपालमा स्वास्थ्य वीमा कार्यक्रम शुरु गरेका थिए । उनी कैलाली ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरीबाट ४ हजार ५०७ मतको अन्तरमा हारेका हुन ।
यसैगरी प्रतिनिधिसभा सदस्यमा हार्ने अर्का पुर्वस्वास्थ्य राज्यमन्त्रीमा एमालेका डा.बंशीधर मिश्र छन । उनी रौतहट ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिनासंग ५ हजार ८२२ मतको फरकले हारेका थिए ।










































ठवन्धनको किचलोपछि विना विभागीय मन्त्री बनाइएका पुर्व स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल प्रतिनिधि सभा सदस्यको लागि महोत्तरी १ बाट २३ हजार ७७६ मत ल्याएर विजयी भए । पोखरेल वागठवन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार थिए । उनले यसअघि २०६४ र २०७० को निर्वाचनमा पनि जितेका थिए । उनी ४ पटक स्वास्थ्यमन्त्री बनिसकेका छन् ।



