८ हजार रूपैया कै लागि वृद्धको हत्या गरेकाे आरोप मुकुन्दे पक्राउ

282

धनकुटा / धनकुटामा ६९ वर्षीय वृद्धको हत्या गरेकाे आरोपमा मुकुन्दे भनिने रमेश लावती पक्राउ परेका छन् । धनकुटा स्थित चौबिसे गाउँपालिका वडा नं. ३ स्थित सोगुम घर भएका ६९ वर्षीय एक वृद्धको हत्या गरेकाे आरोपमा मुढेवास नजिकैवाट लावती पक्राउ परेका हुन् । पक्राउ परेका लावतीलाइ प्रहरीले विहवार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको छ । वस्तु चराउन नावा खोला गोठमा वस्दै आएका सन्तलाल याखा (लेके वढाउ)को तुम्मेवा गाउँपालिका वडा नं.२ वस्ने वर्ष २३ का मुकुन्दे भनिने रमेश लावतीले गएको माघ ३ गते हत्या गरी फरार भएको प्रहरीले जनाएकाे छ।

वृद्ध याखालाई निज लावतीले लठी प्रहार गरेर ढाले पछि गर्दनमा खुकरी प्रहार गरी हत्या गरेको प्रहरीको वयानमा उल्लेख गरेकाे छ । माघमा ३ हल गोरु विक्रि गर्न ८ हजार वैना लिएको र त्यही वैना लिएको पैसा निज लावतीले थाहा पाए पछि हत्याको योजना वनाएको प्रहरीको प्रारम्भिक वयानमा खुलेको जनाइएकाे छ । याखालाई माघ ३ गते करिव ३ वजेको समयमा नावा खोलाको सार्के खेतमा हत्या गरेर फ्याकिएकोे अवस्थामा भेटिएको थियो । बुधबार नै म्याद थप गरि अनुशन्धान थालिएको प्रहरी प्रमुख सुरेन्द्रवहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

Purbeli TV

Source link