रगत अभाव कमिकालागि भीमेश्वरद्वारा रक्तदान तथा स्वास्थ्य परीक्षण

302

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ मा रहेको भीमेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटिेडले मंगलबार रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ ।

सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वका साथै सहकारीको सातौं वार्षिकोत्सवको अवसरमा सूर्यविनायक चोकमा रक्तदान तथा निः शुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो ।

‘सहकाकारीका आर्थिक गतिविधिसँगै विभिन्न सामाजिक कार्य गर्नु आवश्यक छ, सोही कारण यस्तो कार्यक्रम गरेका हौं ।’ सहकारीका अध्यक्ष उज्ज्वल नेवाले भने । विसं. २०६७ सालमा स्थापना भएसँगै सूर्यविनायक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको उक्त सहकारीको आयोजनामा भएको रक्तदानमा ४५ जनाले रक्तदान गरेका थिए ।


रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेको थियो भने स्वास्थ्य शिविर अन्तर्गत मधुमेह परीक्षण गरिएको थियो ।

पछिल्लो समयमा मानव स्वास्थ्यमा समस्यालाई असर गर्ने रोगअन्र्तगत मधुमेहका रोगीको संख्या बढेपछि सोबारेमा जनचेतना दिन मधुमेह परीक्षण शिविर गरिएको आयोजक सहकारीका अध्यक्ष नेवाःले बताए । मधुमेह परीक्षणमा एकसय जनाको सहभागिता रहेको थियो ।

मधुमेह शिविरका लागि पाण्डुबजारस्थित भक्तपुर हार्ट एण्ड डाइवेटिज् सेन्टरका विशेषज्ञ डाक्टरहरुले सहयोग गरेका थिए । अहिले सो सहकारीमा ५ सय ४५ जना नियमित बचतकर्ता सदस्यहरु रहेका छन् ।