तामाङ फाउण्डेशन नेपालको ऐतिहासिक घोषणा सभा अन्तिम तयारी पूरा

897

भक्तपुर । तामाङ भाषा, कला, संस्कृति, साहित्य र धर्मको रक्षाका लागि तामाङ फाउण्डेसन नेपालले काठमाण्डौंमा ऐतिहासिक घोषणा सभा तथा बृहत साँस्कृतिक धमाकाको अन्तिम तयारी पूरा गरेको छ ।

तामाङ फाउन्डेसन नेपालको एतिहासिक घोषणा सभा तथा बृहत साँस्कृतिक धमाकाको अन्तिम तथारी पूरा भएको फाउण्डेसनका अध्यक्ष अरुण घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्पुर्ण तामाङ एक हौं भन्ने नाराका साथ भाद्र ९ गते काठमाण्डौंको जमल स्थित नाच घरमा गर्न लागिएको ऐतिहासिक घोषण सभाको अन्तिम तयारी पूरा भएको हो ।

कार्यक्रममा तामाङ भाषा साहित्य कला सँस्कृति झल्कीने विभिन्न झाँकी एवं गित संगितको आयोजना गरिने घिसिङले जानकारी दिनुभायो ।

कार्यक्रममा तामाङ समुदायका ख्याती प्राप्त कलाकार एवं विशिस्ट कलाकरहरुको वेजोड प्रस्तुती रहने छ ।

कार्यक्रम राष्ट्रिय नाच घरमा भाद्र ९ गते विहान ११ बजेदेखि सुरु हुने घिसिङले जानकारी दिनुभयो ।