धादिङको खत्रिपौवामा पहिरो खस्दा सवारी आवागमनमा अवरोध

63

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका स्थित खत्रिपौवामा पहिरो खसेको छ । शुक्रवार विहान धुनिवेशी–९ खत्रिपौवा स्थित राजमार्गमा पहिरो खसेपछि काठमाडौं आवत–जावत गर्ने सवारी रोकिएका छन् ।

स्काभेटरको सहायताको पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
लगातारको वर्षाले राजमार्गमा पहिरोको जोखिम बढेको छ ।