स्पेन : आक्रमणका लागि राखिएका १२० ग्यास सिलिन्डर प्रहरीद्वारा बरामद

260

स्पेनको प्रहरीले यसै हप्ता भएका दुई आतंकवादी हमलामा संलग्न समूहले १ सय २० वटा ग्यासका सिलिन्डर जम्मा गरेको फेला पारेको छ ।

ती ग्यास सिलिन्डरको सहयोगमा हमलाको योजना बनाएको तथ्य प्रहरीले फेला पारेको छ । प्रहरीले अल्कना शहरको एक घरमा सिलिन्डर फेला पारेको हो । आतंककारी समूहले यो घरलाई नै नियन्त्रणमा लिएर हमलाको तयारी गरेको बिबिसीले जनाएको छ । बुधबार राति यो घरमा विस्फोट भएपछि प्रहरीले गरेको खोजतलासमा आक्रमणका लागि राखिएको ग्यासका सिलिन्डर फेला परेको हो ।

प्रहरीले बार्सिलोनाको लासरम्बलासमा मानिसको भीड भएको ठाउँमा भ्यान मार्फत आक्रमण गर्ने चालकको खोजी गरिरहेको छ । यो आक्रमणमा १३ जनाको ज्यान गएको थियो ।