भक्तपुर : जिल्लाको चार स्थानीय तहमा १४ हजार ३ सय १३ मतदाता थपिएका छन् ।
स्थानीय तह पहिलो चरणको निर्वाचनमा १ लाख ६१ हजार ५ सय २९ मतदाता रहेको भक्तपुरमा १४ हजार ३ सय १३ मतदाता थपिएका हुनl
निर्वाचन आयोगले स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न नपाएका मतदातालाई मध्यनजर गरी साउन १ देखि भदौ ३ सम्म चारवटै नगरपालिकाको वडा कार्यालयहरुमा फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो ।
जस अन्तर्गत अन्य जिल्लाका २२ हजार ५ सय ६२ मतदाताले भक्तपुरमा नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले बताए ।
सो अनुसार भक्तपुर जिल्लामा पनि छुटेका मतदाताहरुको नाम संकलन गर्ने र अद्यावधिक गर्ने कार्य भईरहेको जानकारी गराउँदै नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले जिल्ला सदस्य सुशिल बस्नेतको संयोजकत्वमा नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा सहयोग गर्ने निर्णय गरेको थियो !
भक्तपुर र अन्य जिल्लाको गरी एक महिनामा ३६ हजार ८ सय ७५ थप मतदाताको फोटोसहितको नामावली दर्ता भएको राईले बताए ।
Related