विदेशबाट हालसम्म ७६ हजार ९ सय बढी नेपाली स्वदेश फर्किए

151

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु फर्कने क्रम जारी रहेको छ ।

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएको तथ्यांक रहेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् ।

स्वदेश फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबैभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।