Home निर्वाचन बलिउड बक्स अफिसमा ‘अ जेन्टलमेन’ र ‘बाबुमोशाय बन्दूकबाज’
काठमाडौं । यो हप्ता रिलिज भएको चलचित्र ‘बाबुमोशाय बन्दूकबाज’ र ‘जेन्टलमेन’ को पहिलो दिनको कमाइ सार्वजनिक भएको छ । पहिलो दिन बक्स अफिसमा नवाजुद्दीन सिद्दिकीको चलचित्रले सिद्धार्थ मल्होत्राको चलचित्रलाई पछाडि पारेको छ ।
सिद्धार्थको चलचित्रको बजेट ४०–४५ करोडको छ र पहिलो दिन यसको कमाइ ४.०४ करोड रह्यो । ‘बाबुमोशाय बन्दूकबाज’ को बजेट ५ करोड हो र यसको पहिलो दिनको कमाइ २.०५ करोड रह्यो ।
ट्रेड एनलिस्ट तरण आदर्शले ट्विटरमार्फत चलचित्रको कमाइबारे जानकारी दिएका हुन् ।
दुवै चलचित्र कथानकका हिसाबले फरक छन् । बजेटमा पनि निकै अन्तर छ । कथा र अभिनयका दृष्टिले हेर्ने हो भने पनि नवाजको चलचित्र ‘बाबुमोशाय बन्दूकबाज’ ले सिद्धार्थको चलचित्र ‘अ जेन्टलमेन’ लाई पछाडि पारेको छ । स्थानीय सेरोफेरोमा आधारित नवाजको चलचित्र छ भने सिद्धार्थको चलचित्रमा देश र विदेशका सेरोफेरोमा आधारित कथानक छ ।
Related