चाँगुनारायण । भक्तपुर वाट प्रकासित हुने रंगिन पत्रिका त्रिपुरा न्यूज साप्ताहिकले नयाँ कार्यालय स्थापना गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा पत्रिकाले आफ्नो नयाँ कार्यालय सुरु गरेको हो । विगत ४ वर्ष देखि लगातार रुपमा गुड न्यूजको अवधारणका साथ अगाडी बढेको त्रिपुरा न्यूजले आगामी दिनमा पनि समाज परिवर्तनको वहाकका रुपमा काम गर्ने प्रकाशक एवं प्रधान सम्पादक विकास थापा(प्रहर)ले वताउनुभयो ।
कार्यालयको उदघाटन गर्दै चाँगुनारायण नगरपालिका वडा नम्वर १ वडा अध्यक्ष राजेश खड्काले सकारात्मक समाचारको प्रवाहकका रुपमा हिजोका दिनमा त्रिपुरा न्यूजले गरेको कार्यको सराहना गर्दै आगामी दिनमा पनि यसले समाज सुधारक लेख रचना समाचार सम्प्रेसण गर्नेमा आफु विश्वस्त भएको वताउनुभयो । उहाँले कार्यालय स्थापनाको शुभ–कामना दिदै कार्यालय स्थापना सँग सँगै पत्रिकाले समाजमा सकारात्मकताको सोचमा पनि स्थापित गर्ने वताउनुभयो ।
यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष शिवहरी केसीले त्रिपुरा न्यूजले आगामी दिनमा पनि सत्य तथ्य एवं मार्ग निर्देशकको भुमिका प्रदान गर्ने आशा लिएको वताउनुभयो ।
त्रिपुरा न्यूज साप्ताहिक २०७१ साल असार ५ गते देखि निरन्तर रुपमा बजारमा आई रहेको छ । सप्ताहिकका सम्पादक कुमार अछामी एवं प्रवन्ध निर्देशन उपेन्द्र ढकाल रहेका छन् ।