लोक सेवा उपयोगी “कर्मचारी” विमोचन भाद्र १९ गते

485

काठमाण्डौ । नेपाल निजामती कर्मचारी युनियन संघको केन्द्रिय समितिले “ कर्मचारी” नामक पुस्तक विमोचन गर्ने भएको छ ।
प्रमुख अतिथी उपप्रधानमन्त्री एंब शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा समितिले नेपाल निजामती कर्मचारी युनियन(संघ) केन्द्रिय कार्यसमितीको स्थापना दिवसको अबसरमा उक्त पुस्तक विमोचन गर्ने भएको हो ।

कर्मचारी नामक पुस्तक कर्मचारी युनियनले लोक सेवा उपयोगी कर्मचारी नामक पुस्तक विमोचन गर्न लागेको युनियनका केन्द्रिय अध्यक्ष सुबोधकुमार देबकोटाले जानकारी दिनु भयो । कार्यक्रममा नेपाल सरकारका सचिब सहसचिब लगायत अन्य लब्धप्रतिस्ठित महानुभाबहरु र पेसाकर्मी कर्मचारी हरुको सहभागिता हुनेछ ।

२०४७ सालमा स्थापित युनियनले हरेक बर्ष आफ्नो स्थापना दिवस मनाउदै यस्तै रचनात्मक कार्य गर्ने गरेको कुरा बताउंदै युनियनका भुमिसुधारका बिभागिय अध्यक्ष ईस्वर अर्यालले भन्नुभयो ।