भक्तपुरमा बस पल्टदाँ २० घाइते

1039

भक्तपुर – काभ्रेको पनौतीबाट काठमाडौं आइरहेको बस भक्तपुरमा दुर्घटना भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ अरनिको राजमार्ग जोरपाटी सडक खण्डमा बिहान करिब ८ बजे बा.२ ख ९५८० नम्बरको  बस दुर्घटना भएको हो ।
घटनामा बसमा रहेका २० जना यात्रु घाइते भएका छन् ।
स्थानीय बासिन्दा र नेपाल प्रहरीले घाइतेको उद्धार गरी भक्तपुरको मध्यपुर अस्पतालमा पठाईएको महानगरिय प्रहरी वृत जगातीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घाइतेको अवस्था सामान्य रहेको समेत प्रहरी जानकारी दिएको छ ।