महिलालाई क्षयरोगबारे चेतनामूलक कार्यक्रम सम्पन्न

348

काठमाडौं ।कुलेश्वरक्षेत्रका भूकम्प प्रभावित आन्तरिक शरणार्थी महिलाहरुलाई लक्षित गरि नेपाल क्षयरोग निवारण संस्था काठमाडौं शाखाले न्यायीक संसार कुलेश्वरमा क्षयरोगबारे एकदिने चेतनामूलक कार्यक्रमको आयोजना गरयो ।

क्षयरोगको विषयमा जानकारी, यसका लक्षण, उपचार पद्धति, बच्ने उपाय, रोग लाग्ने, सर्न र विरामी हुदा विरामी र परिवारले ध्यान दिनुपर्ने कुराहरुको बारेमा सचेत गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको शाखाका सभापति रामचन्द्र दाहालले बताए ।

उनीहरुलाई शाखा सभापति दाहाल र पुर्ण बस्नेतले क्षयरोगका विविध पक्षबारे जानकारी गराउँदै समयमै यसको उपचारका लागि जोड दिएका थिए । कार्यक्रममा त्यसभेगका ३० महिलाको सहभागिता थियो ।