बाढी पीडित सहयोगार्थ आदिवासी चलचित्र म्लाङ प्वाँहार

458

काभ्रे । देशको विभिन्न स्थानमा आएको बाढी पीडितको सहयोगका लागि आदिवासी चलचित्र म्लाङ प्वाँहारले च्यारिटी सो गर्दै आएको छ । थोकर फिल्मस् प्रालिद्धारा निर्मित म्लाङ प्वाँहार चलचित्रले विभिन्न स्थानमा च्यारिटी सो गर्दै उठेको रकम बाढी पीडितलाई हस्तान्तरण गर्दै आएको छ ।

सहयोग गर्नु मानवताको प्रतिक भएको वताउँदै थोकर फिल्मस् प्रालिले आफ्नो चलचित्र म्लाङ प्वाँहार भाद्र २४ गते बनेपाको मयूर चलचित्र मन्दिरमा च्यारिटी सो गर्न लागेको जनाएको छ ।

चलचित्रका खलनायक तथा निर्माता बिकु थोकरका अनुसार आफूले सकेको सहयोग गर्नु नै मानव धर्म भएको वताउँदै थाकर फिल्म प्रालिले च्यारिटी सो गर्दै सहयोग रकम जुटाउँदै दिदै आएको वताउनुभयो ।

तराई डुब्दा पहाडलाई दुस्छ, महिले र मेरो चलचित्रको टिमले अहिले तराईका बाढी पिडितलाई चलचित्र शो बापत उठेको रकममा चलचित्रका सबै कलाकार मिलेर रकम थप गरि बाढी पिडितलाई दिने बताउनुभयो ।

उहाँले शो गरेको रकम सबै बाढी पिडितलाई दिने भएकाले चलचित्र म्लाङ प्वाँहार हेर्न सबै दर्शकलाई आव्हान समेत गर्नुभएको छ ।

खलनायक तथा निर्माता बिकु थोकरले पहिला पनि चलचित्र प्रर्दशन मार्फत आएको रकम समाज सेवामा खर्च गदै आउनु भएको छ । उहाँले विशेष गरि स्कुले विद्यार्थीहरुलाई किताव,कापी,गुम्वा,पाटी पौवा, धारा, पँधेरा,बाटो,सिन्चाईको कुलो लगायतका क्षेत्र जसवाट प्रत्यक्ष रुपमा निम्न वर्गका मानिसले उपभोग गर्न सक्ने क्षेत्रमा कमाएको रकम सहयोग गदै आउनुभएको छ ।

आदिवासी चलचित्र आफैमा पीडामा भएको चलचित्र उद्योग भएपनि सहयोगका क्षेत्रमा भने आदिवासी चलचित्र क्षेत्र अग्रीणी स्थानमा रहेको थाकर फिल्म प्रालिले प्रस्टाएको छ ।