भक्तपुर । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाले यो वर्षदेखि प्रदान गर्न लागेको ‘चन्द्र गंगा क्रियाशिल पत्रकारिता पुरस्कार’ पत्रकार सोम शर्मा बजगाईंलाई प्रदान गरिने भएको छ ।
बजगाईं नेपाल टेलिभिजनको समय समाज साप्ताहिकका सम्पादक भक्तपुर जिल्ला संम्वाददाता र भक्तपुर एफएममा कार्यरत छन् ।
पत्रकारितामा क्रियाशिल पत्रकारहरु मध्येबाट वर्षेनी प्रदान गर्नेगरि समाजसेवी एवम् अधिवक्ता राजु खड्काले आफ्ना माता गंगा र पिता चन्द्र बहादुर खड्काको नाममा स्थापना गरेको पुरस्कारको अक्षयकोषबाट पुरस्कार प्रदान गर्न लागेको हो ।
चौतारीले खड्काद्धारा प्रदान गरिएको ५० हजार राशिको अक्षयकोषबाट प्रदान गरिने छ ।
यो ‘चन्द्र गंगा क्रियाशिल पत्रकारिता पुरस्कार’ पुरस्कार रकम ७ हजार राशिको रहेको छ ।
बजगाईलाई नगदसंगै दोसल्ला र सम्मान पत्र सहित यहि भदौ १ गतेका दिन पुरस्कृत गरिने प्रेस चौतारी भक्तपुरका अध्यक्ष कबिता थपाले जानकारी दिएकी छिन् ।