बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.लक्ष्मण दुवे युरोपमा सम्मानीत

423

बुटवल ।नेपालकै चर्चित मुटुरोग बिशेषज्ञ लक्ष्मण दुवे युरोपमा सम्मानीत हुनु भएको छ । मुटुरोगसम्बन्धि लामोसमयसम्म बिशिष्ट योगदान पुर्याएको भन्दै युरोपमा उहालाइ सम्मान गरिएको हो ।

हरेक बर्ष संसारभरका मुटुरोगमा बिशिष्ट योगदान पुर्याउने डाक्टरहरुलाइ सम्मान गर्दै आएको “युरोपीयन सोसाइटी अफ कार्डियोलोजी” नामक संस्थाले स्पेनको बार्सिलोनामा अगस्ट २५ मा एक भव्य कार्यक्रमको आयोजना गरि उहालाइ सम्मान सहित अवार्ड प्रदान गरेको हो ।

यो बर्षको लागी सम्मानीत हुनेमा डा. लक्ष्मण दुवे नेपालको एक्लो डाक्टर हुनुहुन्छ ।

रुपन्देही मणिग्राम निवासी डाक्टर दुवे हाल क्रिमसन अस्पताल मणिग्राम र बुटवल मुटु क्लिनिकमा आबद्ध रहनुभएको छ भने यसअघि गंगालाल हृदय रोग उपचार केन्द्र बासबारी काठमाण्डौ र भरतपुर मेडिकल कलेज चितवनमा गरि झन्डै १२ बर्षको अनुभव संगाली सक्नुभएको छ ।

बिस २०३५ सालमा रुपन्देहीमै जन्मनुभएका डा. लक्ष्मण दुवेले यसअघि चीनमा “योङ्ग रिसर्चस अर्वाड”समेत प्राप्त गरिसक्नुभएको छ भने नेपालमा बिभिन्न सामाजीक सघंसस्थाहरुबाट पनि सम्मानीत हुनुभएको छ ।