भक्तपुरमा चश्मा लगाउनेको संख्या बढ्दो

318

भक्तपुरं । जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीले पछिल्लो समय चश्मा लगाउनेको संख्या बढको बताउँनुभएको छ । अहिलेका बाल बालिकाले धेरै समय कम्प्यूटर र मोबाइल चलाउनु चश्मा लगाउनुको प्रमुख कारण भएको अधिकारीको भनाइ छ । उहाँका अनुसार अन्य कारणहरुमा धुलो धुवाँमा हिडने, लामो समयसम्म टिभी हेर्ने लगाएतका कारणले आँखामा समस्या भइ चश्मा लगाउनेको संख्या पछिल्लो समय ह्वात्तै बढेको हो ।

१५ देखि ६० वर्ष उमेर समूहमा विभिन्न खाले रोग देखिने गरेको केन्द्रका प्रमुख धिरज अधिकारी बताउँनुहुन्छ । आँखाका बारेमा विद्यालयका शिक्षकहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु सहित विभिन्न सरोकारवालामार्फत चेतना फैलाउने कार्य भएता पनि वातावरणीय प्रभावका कारण पनि आँखाको समस्या बढेको अधिकारीको भनाइ छ ।
भक्तपुरमा आँखाका विरामीहरुको संख्या बढदै गएको छ । विगतमा फाट्टफुट्ट रुपमा देखिने आँखाका समस्या अहिले दिनमा ६० देखि ७० जना दैनिक जसो विभिन्न खाले आँखाका समस्या लिएर आउने गरेको भक्तपुरमा रहेको जिल्ला सामुदायिक आँखा केन्द्रले जनाएको छ ।

धुँलो धुवाँमा हिडेर घर फर्केपछि आँखालाई पानीमा डुबाएर धुन सके, प्रशस्तै मात्रमा पानी पिउने, जथाभावी औषधीको प्रयोग नगर्ने, किराहरु आउने बत्तिको नजिक नवस्ने जस्ता कुराहरुमा ध्यान दिन सके आँखाका रोगहरुबाट बच्न सकिने अधिकारीको भनाइ छ ।

मोतियाविन्दु भइसकेकालाई भने समय सयमा निःशुल्क रुपमा अप्रेशनको व्यवस्था गरिएको उहाँको भनाइ छ । यहि भदौं २७ र २८ गते विहान ८ देखि बेलुकी ६ बजेसम्म भक्तपुर ब्रम्हायणी पिठमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो । अधिरकारीका अनुसार सो शिविरमा भेटिएका मोतियाविन्दुका विरामीलाई त्यहि नै निःशुल्क शल्यक्रिया गरिने गरी शिविरको आयोजना गर्न लागिएको हो ।

सो दुई दिने शिविरबाट अन्दाजी दुई सयजना मोतियाविन्दु भएका विरामीको अप्रेशन गरिने लक्ष्य राखिएको केन्द्रका प्रमुख अधिकारीको भनाइ छ ।