विमानस्थल बनाउन कर्णाली प्रदेश र केन्द्र सरकारबीच छलफल

55

विमानस्थल निर्माण तथा विस्तारका लागि केन्द्र र प्रदेश सरकारबीच समझदारी भएको छ ।

विमानस्थल निर्माणको विषयमा कर्णाली प्रदेश र केन्द्र सरकारबीच भएको समझदारी यो पहिलो पटक हो ।

लागत साझेदारीमा सम्पन्न गर्नका लागि कर्णालीको आर्थिक मामला मन्त्रालय र नेपाल नागरिक उड्ययन प्राधिकरणबीच समझदारी भएको हो।

सम्झदारीमा कर्णालीका आर्थिक मामिला सचिव घनश्याम उपाध्याय र प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरेका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारीमा हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले पूर्वाधार निर्माणका लागि यो समझदारी ऐतिहासिक भएको बताए।