सुडालमा फ्रि सुगर प्रेसर चेक गरिने

432

सुडाल । संवाहक डटकमको आयोजना र हर्ट एण्ड डाइभिटिज सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ आरक्षण नेशनल एकेडेमी स्कुलमा फ्रि सुगर एवं प्रेसर चेक गरिने भएको छ ।

संवाहक डटकमको आयोजनामा हुने उपत्यका ब्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिताको हस्पिटल पाट्नरको रुपमा रहेको हार्ट एण्ड डाइभिटिज सेन्टरले ३१ गते शनिवारको दिन विहान ८ बजे देखि ३ बजे सम्म उक्त सेवा प्रदान गर्ने छ ।

हाल सम्म भक्तपुरमा सुगर चेक कहि पनि निशुल्क न पाइने भएपनि हार्ट एण्ड डाइभीटीज सेन्टरले सुडालमा निशुल्क रुपमा उक्त सेवा प्रदान गर्ने छ । सुगर टेस्टको नतिजा तत्काले दिने भएका कारण सेवाग्राहिले उक्त समयमा लाभ उठाउन सक्ने छन् ।