काठमाडौं– एसियाकप क्रिकेट छनौट खेल अन्तर्गतको सेमिफाइनलमा नेपालले जीतका लागि १ सय २२ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी खेलमा टस जितेपछि फिल्डीङ रोजेको नेपालले ४२ ओभरमा मलेसियालाई १ सय २१ रनमा समेटेको हो ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपाली टोलीका कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए ।
यो खेलको विजेताले उपाधिकालागि सिंगापुर र हङकङबीचको बीजेतासँग खेल्नुपर्ने छ ।