विकास थापा (प्रहर) भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा ११ हजार भोल्टेजको लाइन चुडिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नारायणटार चौरमा रहेको विद्युतको ट्रान्सफर्मर विस्फोट हुँदा नानीराम ढुंगानाको घरमा काम गर्ने सिन्धुपाल्चोक तौथली घर भई हाल भक्तपुर बस्ने १९ वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको छ ।
हाइभोल्टेजको लाइन चुडिएर अर्को लाइनमा सर्ट हुँदा भएको दुर्घटनामा सन्तोषको मृत्यु भएको हो ।
उच्च भोल्टेजका कारणले भएको दुर्घटनाले घर–घरमा उच्च विद्युत प्रवाह हुँदा अनोज केसीको घरमा आगलागी हुनुका साथै उक्त क्षेत्रका घर घरमा लगेको तार डल्लो पर्नुका साथै मिटर समेत डल्लो परेको छ ।
दुर्घटनामा स्थानीयका घरका टेलिभिजन, विद्युत उपकरणमा क्षति पुग्नुका साथै केही घरमा अन्य केहि घरमा समेत आगलागी भएको छ । दुर्घंटनाका कारण चाँगुनारायण फिडरमा विजुली आपुर्तीमा अवरोध पुगेको छ ।