उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता सम्पन्न

1779

भक्तपुर । भक्तपुरको पूर्वी भेगमा रहेको सुडालमा पहिलो पटक उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको आरक्षण स्कुलमा संवाहक डटकमले आयोजना गरेको सो प्रतियोगिता शनिबार सकिएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले गरेका थिए । उनले कराते खेलका रेफ्री रामशरण त्वातीलाई खेल सामग्री हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए ।

उपत्यका तथा काभ्रेव्यापी कराते तथा किक् बक्सिङ प्रतियोगिताको उद्घाटनमा चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालका वडाध्यक्ष परासर सापकोटाले पनि प्रतियोगिता सफलताको कामना गरेका थिए ।

२० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरि १९ खेल तथा किक् बक्सिङमा पुरुष तर्फ ४५, ५०, ५५ केजी तौल समूह र महिलातर्फ पनि ४५, ५० र ५५ केजी तौल समुह तथा यस्तै काटा समूहको एक महिला एक पुरुषको इभेन्ट खेल खेलाइएको छ ।

प्रतियोगिता संयोजक गणेश सुकमनीकाअनुसार २० केजी समूहमा ९, २५ केजी तौल समूहमा १६, ३० केजी समूहमा १८, २५ केजी तौल समूहमा १५, ४० केजी तौल समूहमा १४, ४५ केजी तौल समूहमा १५, ५० केजी तौल समूहमा १२, ५५ केजी तौल समूहमा ५, ६० केजी तौल समूहमा ६ र खुलातर्फ ५ गरी कूल १ सय १७ जना पुरुष र महिलातर्फ २५ केजी तौल समूहमा, ३० केजी समूहमा ३, ३५ केजी तौल समूहमा ६, ४० केजी तौल समूहमा ४, ५० केजी तौल समूहमा ५, ५५ केजी तौल समूहमा ४ र खुलातर्फ ४ गरी कूल ३४ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कूल १ सय ५१ जनाको सहभागिता रहेको छ ।

प्रतियोगिता डब्लु के एफको नियम अनुसार खेलाइएको रेफ्री संंयोजक रामशरण त्वातीले जानकारी दिए ।


प्रतियोगितामा पुरुषतर्फको २५ केजी समूहममा पारस थापा प्रथम, विकास तामाङ दोस्रो र युदिन तामाङ तेस्रो भए भने २० कजी तौल समूहमा सुवास परियार, सन्देश अस्लामी, सिजन दुवाल र स्मरण सुवाल क्रमशः प्रथम, द्धितीय र तृतीय भए ।
छात्रतर्फको ४५ केजी समूहममा सजिना तामाङ प्रथम, सरिता तामाङ दोस्रो र रिमा वाईवा र सोनी सिंह तेस्रो भए भने ४० केजी तौल समूहमा शान्ता योञ्जन, सवि भारी, डोल्मा गोले श्वेता सिं क्रमशः प्रथम, द्धितीय र तृतीय भए ।

त्यस्तै ३५ केजीको महिलातर्फ जुनु लामा प्रथम, गंगा लोप्चन दोस्रो र सोना लामा तेस्रो तथा ३० केजीमा करिष्मा श्रेष्ठ प्रथम र स्मृति सुवाल दोस्रो भएकी थिइन् ।
प्रतियोगिताअन्तर्गत २० केजी महिलामा स्तुति गेलाल प्रथम, श्रीषा पाण्डे दोस्रो, २५ केजीमा स्माइल्दा सुवाल प्रथम, सदीक्षा लोप्चन दोस्रो र जेनिशा लामा तेस्रो भइन् । पुुरुषतर्फ ६ केजीमा प्रवीण तामाङ प्रथम, हिरा हमाल दोस्रो र सुन्दर ब्लोन तेस्रो भए ।

प्रतियोगिताका काटातर्फ पुरुषमा विजय मोक्तान पहिलो, एरिश शर्मा दोस्रो र पाल्टेन लामा तेस्रो तथा महिलातर्फ सरतिा तामाङ पहिलो, भावना राई दोस्रो र सोनु लामा तेस्रो भएको रेफ्री रामशरण त्वातीले जानकारी दिए ।


६० केजी तौल समूहमा प्रथम प्रवीण तामाङ, दोस्रोमा हीरा हमाल र तेस्रोमा सुन्दर ब्लोन, ४५ केजी पुरुषतर्फ नै प्रथममा एरिश शर्मा, दोस्रोमा प्रवीण मोक्तान, तृतीयमा मदनकुमार थापा, मुकेश तामाङ, ५० केजीमा सौजन मधिकर्मी प्रथम, सोनम ब्लोन लामा दोस्रो, पुजन लामा र प्रवीण ब्लोन लामा तृतीय भएका छन् ।


६० केजीभन्दा माथिको स्पर्धामा विजय तामाङ प्रथम, नवीन नापित दोस्रो र सरोज तामाङ र केलकुमार घलान तेस्रो भएका थिए ।

प्रतियोगिताअन्तर्गत किकबक्सिङमा ऐनबहादुर थापा प्रथम, धिरज शिवभक्ति, ५५ केजीमा केशर तामाङ प्रथम, महिलामा पद्मा सम्भवी तामाङ प्रथम र कञ्चन राई द्धितीय भएका थिए ।

उपत्यकाव्यापी सो प्रतियोगितामा नगरकोट डोजो, काभ्रे साँगा डोजो, ताम्सालिङ डोजो, रेम्बोकाइ बौद्ध डोजो, काभ्रेको पुष्पाञ्जलि डोजो, ठिमीको विनायक शिक्षा डोजो, भक्तपुर नगरपालिका डोजो, भक्तपुर मेन डोजो र गणेश डोजो गरी दश डोजोका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा भक्तपुर मेन डोजो ए टिमले ९ स्वर्ण सहित पहिलो स्थान हात पार्न सफल भयो भने ४ स्वर्ण सहित भक्तपुर मेन डोजो वी समूह दितिय भएको थियो यस्तै तृतीय स्थान भने भक्तपुर नगरपालिका डोजोले हात पारेको थियो । खेलका उत्कृष्ठ खेलाडी महिला तर्फ करुण श्रेष्ठ हुन सफल भईन भने पुरुष तर्फ मनोज तामाङ यस्तै उदयमान खेलाडीको उपाधी भने स्वस्तीका गेलालले हात पारेका थिईन् ।

प्रतिायोगितामा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि व्याकुल माइलाले पुरस्कार दिएका थिए ।