उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धले परमाणु कार्यक्रम झनै बढ्ने चेतावनी दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको निर्णयको कडा शब्दमा निन्दा पनि गरेको छ ।
यसलाई अनैतिक र अमानवीय तथा शत्रुपुर्ण कदम भनेको बीबीसीको समाचारमा जनाइएको छ । यो बीचमा अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धिपमा संयुक्त अभ्यास तथा शक्ति प्रदर्शन पनि गरेका छन् ।
उत्तर कोरियाको विदेश मaन्त्रालयको प्रतिक्रिया सरकारी वेबसाइटमा प्रकाशित गरिएको थियो । अमेरिका तथा संयुक्त राष्ट्रसंघको यो कदमले आफूहरुलाई झनै शक्तिशाली बनाउने बताएको समाचारमा जनाइएको छ ।