भियग्रा प्रयोगले कति समय सम्म यौन क्षमता बढाउँछन् ? थाहापाई राखौ

5398

कमजोर यौन क्षमता भएका अधिकांश मानिसहरू भियग्राको प्रयोग गरी यौन क्षमता बढाउँछन् । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, साइड इफेक्ट पनि प्रशस्तै देखाउँछ । भियग्राको जथाभावी प्रयोगले कहिले कहि ठूलो समस्या पनि ल्याइदिन सक्छ ।
जानी राखौं भियग्रा बारे १५ तथ्यः—
-भियग्रा एक औषधि नै हो । यसले रक्तचाप अस्वभाविक रुपमा केही समयका लागि बढाईदिन्छ ।
-यो हल्का निलो रङ्ग र हिराकारको हुन्छ ।
-यसको ब्राण्ड नाम सिडेनाफिल सिट्रेट हो ।
-यसलाई पुरुषको यौनक्षमतासँग पनि जोड्ने गरिन्छ । यौनक्षमता कम भएका पुरुषहरुले यो प्रयोग गर्ने गर्छन् । -भियग्रा खाएपछि पुरुषको लिङ्गमा अस्थायी रुपमा रक्त प्रवाह बढ्छ ।
-यसलाई पुरुषको यौनक्षमता अस्थायी रुपमा सक्रिय बनाउने औषधिका रुपमा लिने गरिन्छ ।
-भियग्रा बारे सन् १९९८ मा पहिलो पटक इन्टरनेटमा सूचना अपलोड भएको थियो ।
-मानिसहरू यसको प्रयोग क्लब ड्रग, एक्स्टसी, कोकीन, तथा स्पीडका रुपमा पनि प्रयोग गर्छन् ।
-भियग्रा एक गोली खाएपछि यसको असर आधा घण्टादेखी एकघण्टासम्म रहन्छ ।
-चिकित्सकको सल्लाहविना यो औषधि एक पटकमा एउटा भन्दा बढी खानुहुदैन ।
-यसको सेवन केवल पुरुषले मात्रै गर्नु पर्छ ।
-कसै कसैलाई यसको सेवनपछि साइड इफेक्ट तत्काल देखिन थाल्छ । जस्तैं : टाउको दुख्ने, छाला रातो हुने, पेटमा गडबडी हुने, मांशपेशीहरू दुख्ने आदि ।
-मुटुको समस्या भएकाहरूले भियग्राको गोली बिर्सेर पनि खानुहुदैन । उनीहरूले यो औषधि खाए मुटुको रक्तचापमा वृद्धि भई हृदयघात समेत हुनसक्छ ।
-अर्को कुनै औषधि सेवन गरिहेकाले भुलेर पनि भियग्रा खानु हुँदैन ।
-ब्लड प्रेसरको औषधि लिइरहेकाहरूले पनि प्रेसरको औषधि र भियग्रा खाएमा परिणाम खतरनाक हुन सक्छ । यसकारण एउटा औषधि खान बन्द गरेर मात्र अर्को औषधि खान सुरु गर्नुपर्छ ।
-यदि तपाई अनलाइनको माध्यमबाट भियग्रा खरिद गर्दै हुनुहुन्छ भने, ख्याल गर्नुहोस् : तपाइले डाक्टरले सिफारिस पर्ची अनिवार्य देखाउनुपर्छ । कतिपय देशमा भियग्रा खरिदबिक्री गैरकानुनी काम हो ।
यदि तपाई कमजोर यौन क्षमताको हुनुहुन्छ तथा शीघ्रपतनको समस्याबाट पीडित हुनुहुन्छ भने कुनै पनि औषधि प्रयोग गर्नुअघि चिकित्सकको सम्पर्कमा जानु बुद्धिमानी हुन्छ । किनभने, कतिपय अवस्थामा मानोवैज्ञानिक प्रभावले पनि यौनक्षमता कम भइरहेको हुनसक्छ ।