हेम–सुनिल पुरस्कार जोखिमपूर्ण पुरस्कार भरतबन्धु थापालाई

525

काठमाडौं ।यसबर्षको हेम–सुनिल जोखिपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार भरतबन्धु थापाले प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान  शाखाले स्थापना गरेको पुरस्कार थापा र  धादिङका पत्रकार शिव सिलवाल सयुक्त रुपमा प्रदान गरीएको छ ।

देशभरबाट प्राप्त १३ वटा रिपोर्टमध्ये एभिन्युुज टेलिभिजनको खवरभित्रको खवरमा भरतबन्धु थापाले तयार गरेको डोल्पामा यार्सा संकलनबारे प्रशारण भएको सामाग्री जोखिमपूर्ण पत्रकारिता पुरस्कृत भएको हो । थापा र सिलवाललाई नगद २५ हजार ५ सय सहित कदर प्रत्र दिदै बाणिज्य मन्त्री मिन विश्कर्माले भने पत्रकारहरुको ब्यवसायिक सुरक्षाका लागि सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

पुरस्कृत थापाले आफनो पत्रकारिता पेशामा थप जिम्मेवारी थपिएको भन्दै सुचना बाहका रुपमा निरन्तर लागि रहने प्रतिबद्धता जनाए । २०६३ असोज ७ गते रिपोटिङका लागि ताप्लेजुङको धुम्साह पुगेका आफना सहकर्मी हेम–सुनिलको हेलिकप्टर दुर्घटनामा निधनको स्मृतिमा नेपाल टेलिभिजनले हरेक बर्ष यो पुरस्कार बितरण गर्दे आएको छ ।