उत्तर कोरियामा झड्का, भूकम्प कि विस्फोट ?

718

काठमाडौं । उत्तर कोरियामा ३.४ रेक्टर स्केलको भूकम्प महसुस भएको छ । चीनका बैज्ञानिकका अनुसार यस्तो भूकम्पको झड्का महसुस भएको हो ।

शनिबार भएको झड्का भूकम्प गएको हो या उत्तर कोरियाले अर्को परमाणु परीक्षण गरेको हो भन्ने ऐकिन हुन सकेको छैन । चीनका वैज्ञानिकले यसलाई भूकम्पको झड्का भने पनि दक्षिण कोरियाले भने यसलाई कुनै परमाणु परीक्षणपछि भएको झड्का भनेको छ ।

उत्तर कोरियाले यसअघि गरेको परमाणु परक्षणमा १० किमी गहिराइमा ५.३ रेक्टर भूकम्पको झड्का महसुस गरिएको थियो । धेरैले यसलाई भूकम्पको झड्का भने पनि दक्षिण कोरियाले भने परमाणु परीक्षण नै भएको दाबी गरेको छ ।