दुई महिनामा गरिएको १७६ अर्बको व्यापारमा १४९ अर्बको घाटा

365

काठमाडौं: चालु आर्थिक वर्ष (२०७४/७५) को पहिलो दुई महिनामा मात्रै नेपालको व्यापार घाटा झण्डै डेढ खर्ब रुपैयाँ देखिएको छ। आयतको तुलनामा निर्यात नगन्य बनेपछि व्यपार घाटा चुलिदै गएको देखिन्छ।

गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ९.७१ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको तथ्याङक अनुसार साउन र भदौ महिनामा १ खर्ब ६२ अर्ब ९४ करोड ९१ लाख ४४ हजार रुपैयाँको सामान आयात गरिएको छ।

यो गत वर्षको सोही अवधिको तुलनामा ९.२० प्रतिशत बढी सामान आयत भएको छ।  साढे १३ अर्ब रुपैयाँको सामान बढी आएको छ। नेपालबाट पठाइने सामान निर्यातको वृद्धिदर भने न्युन देखिन्छ। गत वर्षको तुलनामा निर्यातमा ३.८३ प्रतिशतको मात्रै वृद्धि भएको छ।

यो अवधिमा गत वर्षको तुलनामा झण्डै ८ अर्ब ४० करोड रुपैयाँ बराबरको बढी सामान निर्यात भई १३ अर्ब ६० करोड ६२ लाख ३८ हजार रुपैयाँको पुगेको छ। दुई महिनाको अवधिमा नेपालाको जम्मा वैदेशिक व्यापार १ खर्ब ७६ अर्ब ५५ करोड ५३ लाख ८३ हजार रुपैयाँ भएको छ। गत वर्ष यही अवधिको तुलुनामा व्यापार ८.७६ प्रतिशतले वृद्धि भई १४ अर्ब २० करोड रुपैयाँले बढी हो।

भारतसँग मात्रै ६४ प्रतिशतको व्यापार यो अवधिमा  जम्मा व्यापारमध्ये भारतसँग मात्रै ६८ प्रतिशतको व्यापार भएको छ। १७६ अर्बो व्यापारमा भारतसँग मात्रै ११२ अर्ब रुपैयाँको व्यापार भएको छ। चीनसँग  २६ अर्ब रुपैयाँको व्यापार भएको छ भने अन्य ११२ राष्ट्रसँग जम्मा ३८ अर्बको जतिको व्यापार रहेको भन्सार विभागको तथ्यांक देखिन्छ।

धेरै कारोबार हुने राष्ट्रको तुलनामा आयतमा भारत ६४.४, चीन १५.९ र अन्य राष्ट्रमा १८ प्रतिशतको योगदान देखिन्छ। त्यस्तै निर्यतामा भारत ५३.९,अमेरिका ११.८,टर्की ५.९ लन्डन ४.३ र अन्य राष्ट्र तर्फ २४.१ प्रतिशतको योगदान रहेको देखिन्छ।