‘बाम तालमेल र एकीकरणबाट सबैभन्दा बढी फाइदा नेमकिपालाई हुन्छ ’: बिजुक्छें

6626

 नारायणमान बिजुक्छें, (रोहित),  नेपाल मजदुर किसान पार्टी अध्यक्ष

नेपालीहरुको महान् चाड विजया दशमी नसकिँदै नेपाली राजनीतिले फरक मोड लियो । सँधेभरी कम्युनिष्टहरु फुटे, कहिल्यै जुटेनन् भन्ने आरोप लागिरहेको बेलामा नेकपा एमाले र माओवादी केन्द्र एक भए । यसमा नयाा शक्ति पनि पछिपछि लागे । उनीहरुले चुनावको लागि तालमेल गरी अघि बढ्ने भने पनि कालान्तरमा भने कम्युनिष्ट आन्दोलन अघि बढाउने गरी पार्टी एकीकरण गर्ने रोडम्याप तय गरेका छन् । यो स्थितिले अबको नेपालको राजनीतिक दिशा कस्तो हुन्छ ? भन्ने धेरैमा खुल्दुली छ । यो एकीकरणले पर्ने प्रभाव के हो ? अझ साना दललाई पर्ने प्रभाव के हुन सक्छ ? लगायतका विषयसँग सम्बन्धित रहेर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंसँग संवाहक डटकमले गरिएको कुराकानीका केही सम्पादित अंश :

एमाले, माओवादी र नयाँशक्तिबीच भएको चुनावी तालमेलबारे तपाँइको प्रतिक्रिया के छ ?

उनीहरुले जेसुकै मनमा राखे पनि हुने परिणाम चाहिँ त्यहीँ हो । किनभने हिजो संविधान संसोधन भनेर एमालेले मत दिएन । भारतको बुझाइ के रह्यो भने एमाले सरकारमा नरहेको हुनाले संविधान संसोधनमा मत नदिएको हो । ऊ सरकारमा भएको भए एमालेले मत दिनै पथ्र्यो । एमालेलाई सरकारमा ल्याएर संविधान संसोधनको प्रस्ताव ल्याएपछि अरुले समर्थन गर्ने भए र संसोधन प्रस्ताव पास हुने भयो ।
अस्ति इण्डियामा गएर शेरबहादुर देउवाले पञ्चेश्वर सम्झौता गरेका आएका छन्, त्यही सम्झौतालाई यो एकीकरणले लागू गर्छ । के गर्ने जेठो् दाजुले अरुसँग ऋण लिएर आयो, घर बन्धक राख्यो, अब सबै दाजुभाइले त्यसलाई पूर्ति गर्ने हो । ऋण चुक्ता गर्ने हो । देशको हितमा छैन ।

तालमेलसँगै फेरिएको राजनीतिक परिस्थितिलाई कसरी हेर्नुहुन्छ ?

अब नेपाली काँग्रेसले सरकार छोड्छ । उनीहरुको सरकार जान्छ अब । हाज नभए

भोलि , भोलि नभए पसिै त जान्छ । त्यसकारण एउटा उपाय के हुन सक्छ भने उनीहरु संयुक्त भएर आउनुपर्छ । कि त तिमीहरुको पनि मेरो त्यही बुद्धि हो भनेर संयुक्त सरकार पनि बन्न सक्छ । बरु त्यसको निम्ति माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना देखिन्छ ।

त्यो त उनीहरुले प्रचण्डलाई अध्यक्ष, माधव नेपाललाई प्रम वा राष्ट्रपति र केपी ओलीलाई प्रम भनेकै छन् नि ?

भनेपछि त्यही हुन्छ । मिल्नुपर्छ, मिल्नुपर्छ, माओवादीलाई त्यसै पठाउनु हुन थिएन भनेर भनी आएकै हो । सबै चाँजोपाँजो मिलाएको माधव नेपालले हो । बाबुराम भट्टराईले हो ।

यो स्थितिमा कम्युनिष्ट आन्दोलन के हुन्छ ?
केही पनि हुँदैन, पहिला जेजस्तो थियो त्यही हुन्छ । तिनीहरु कम्युनिष्ट पनि होइनन्, वामपन्थी पनि होइनन् । त्यसो भएको हुनाले त्यसले कम्युनिष्ट आन्दोलनमा खास फरक पर्दैपर्दैन ।

विश्लेषकरुले त कम्युनिष्टहरु एक भए, बामहरु एक भए, अब कम्युनिष्ट आन्दोलन अघि बढ्छ भनेर भन्न थालेका छन् नि ?

गधालाई सिरले छोपेर यो हात्ती हो, हात्ती हो है भनेर हुन्छ र ? खोलेर हेरे पो थाहा हुन्छ, यो त गधा पो रहेछ भन्ने । विश्लेषकहरुले जेसुकै मनमा राखे पनि हुने परिणाम त्यही हो ।
कालान्तरमा विश्लेषकहरु पनि जिल्ल पर्छन् । त्यो विश्लेषकहरु मत्र सही हुन्छन्, जसले एमाले र माओवादीलाई कम्युनिष्ट होइन भन्ने हिसाबले गयो भने तिनीहरु ठीक हुन्छन्, कम्युनिष्ट भनेर भन्न थाल्यो भने विश्लेषकहरु न्ै निराश हुनुपर्ने अवस्था आउँछ । एमालृे रर माओवादीले सिद्धान्तको कुरै गरेको छैन । उनीहरुलाई सिद्धान्तको कुरा गर्न धेरै गाह्रो छ । सबभन्दा पहिले उसले मजदुर किसानको काम गर्नुपर्यो । अहिलेसम्म तिनीहरुले मजदुर किसानको पक्षमा एउटा विधेयक ल्याएन । उनीहरुले अहिलेसम्म विदेशसँग गरेका सन्धी सम्झौतालाई गलत हो भन्नै सकेन । गर्छ के त ?
किन ?
बामपन्थी कम्युनिष्टहरुको भैदिएको भए सैद्धान्तिक कुरो पहिले हुन्थ्यो । तर त्यो कुरालाई तिनीहरुले पन्छाएका छन् । पहिलेदेखि नै एमालेलाई हामीले भाइ काँग्रेस भन्दै आएका हौं । प्रचण्डजीहरुलाई पनि इण्डियाले बनाएको हो, इण्डियामै बसेको भनेर हामीले सिधै भन्दै आएका छौं । त्यसकारण चुनावमा बहुमत ल्याउनका लागि उनीहरुले कोसिस गरेका हुन् । तर त्यसको परिणाम के हुन्छ भने उनीहरुलाई सरकारमा ल्याए पनि आखिरमा संविधान संसोधनको कुरो हुन्छ । नेपाली काँग्रेस र मधेशवादी दलहरुले उनीहरुको प्रस्तावलाई समर्थन गरेपछि दुई तिहाइ बहुमत हुन्छ । हाम्रो देशलाई क्षति पुग्छ ।
एमाले र माओवादी एक हुनुभन्दा अघि थ्रेसहोलड पनि आएको अवस्थामा ठूला दल नै थ्रेसहोल्डदेखि डराएको हो कि ?
थ्रेसहोल्डबारेमा हामीले एक्पोज गर्दै गयौं । हामी चार जना भए पनि हामीले गुनुपर्ने कर्तव्य पूरा गर्दै आएका छौं । साथसाथै हरेक विधेयकमा पनि अरु केही पनि नगर्ने हामी चाहिँँ त्यसको अध्ययन गर्ने र त्यसले पुग्ने फाइदा बेफाइदाबारेमा बताउने गरेका छौं । त्यो हामीले गर्दै आएको कुरा ठूला दलका नेताहरुलाई लाज लाग्यो । चारजनाले पन्धपन्ध्र मिनेट बोल्ने, हामीले केही गरेनौं, हाम्रो कार्यकर्तै त्यस्तै हो, यिनीहरुलाई हटाउने काम गरेमा सजिलो हुन्छ भन्ने उनीहरुको मन । अथवा उनीहरुले के सोचे भने उनीहरुको मन जस्तो छ, हाम्रो पनि त्यही छ भनेर थ्रेसहोल्ड लगाएपछि त यिनीहरु बाध्य भएर कि काँग्रेसमा जान्छ, कि एमालेमा, कि माओवादीमा भन्ने विचार । त्यो विचार भनेको कम्युनिष्टको विचार हैन । उनीहरुको आँखाको चश्मै त्यस्तो छ ।
हामीले जनतालाई दिएको बचन, हामीलाई जुन उद्देश्यले मत दिएको हुन्छ, त्यसमा हामी तलमाथि गर्दै गर्दैनौं, एकजना भए पनि त्यही, दुई जना भए पनि त्यही र चारजना भए पनि त्यही । त्यसमा हामीलाई विचलित गर्न सक्तैन । जहाँसम्म हारजित र मत तलमाथि हुन्छ, त्यो त जनताको चेतनाको स्तरसँग सम्बन्धित हो । हामीले अझै पनि जनताको बीचमा काम गर्नुपर्छ भन्ने नै शिक्षा दिन्छ ।

यो एकीकरणबाट पुग्ने फाइदा चाहिँ कसलाई हो ?
हामीलाई हो ।

कसरी ?
जनताले कम्युनिष्ट भनेका यिनीहरु हैनन् भनेर चिन्नेछन् । त्यो सिरक पन्छाएर हेर्दा त गधा पो रहेछ भन्छ । हत्तेरिका भोट दिएको पनि बेकार रहेछ भन्छ । अर्को चुनावदेखि त हामीलाई भोट दिन्छ । साँचो कम्युनिष्ट त नेमकिपा रहेछ भनेर भन्नेछन् र भोट हामीलाई दिनेछन्, यसैले यो एकीकरणबाट हामीलाई फाइदा पुग्छ ।
हामीले एमाले, माओवादीलाई कम्युनिष्ट हैन भनेर नि आएकै हौं । सदनमै भाइ काँग्रेस भनेकै हौं । रिसाए । रिसाएर के फरक ? खण्डन गर्नु न, रोहितको कुरा झुटो हो भनेर खण्डन गर्नु न । तपाइँहरु साँच्चै कम्युनिष्ट हो भने खुसी त मै हुन्छु । त्यो एमाले र माओवादीले गर्नै सक्तैन ।

तर एकताको यो विषयमा एमालेले केही बोलेको छैन नि ?
बोलेको छैन, दुई चारजनालाई उनीहरुले सुर्य चिह्न लगाएर नयाँ नयाँ पद्मरत्न तुलाधर खोज्दैछन् । त्यही गर्ने दाउमा छ एमाले ।