हरेक धर्मको आफ्नो फरक इतिहास हुन्छ र प्रत्येक धर्ममा भएको कुराले उसलाई अन्य धर्मभन्दा भिन्न गराउँछ । हिन्दू धर्म संसारको प्राचीनतम धर्ममध्येको एक हो । यो पुरानो धर्मसम्बन्धी केही रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं ।
संसारको जनसंख्यामा हिन्दूहरूको संख्या १३.८ प्रतिशत छ ।
हिन्दू धर्मको परम्परालाई अघि बढाउन तथा यसको प्रचारप्रसारका लागि धेरै ऋषिमुनिहरूको योगदान छ । यही दिनदेखि ठ्याक्कै यो धर्म शुरु भयो भन्न सकिँदैन ।
संसारमा सबभन्दा धेरै अनुयायी भएको धर्म क्रिस्चियानिटी हो भने इस्लाम दोस्रो नम्बरमा आउँछ । त्यसपछिको ठूलो धर्म हिन्दू नै हो ।
हिन्दू धर्ममा ३३ करोड देवीदेवताको आराधना गर्ने परम्परा छ ।
हिन्दू धर्मको महत्त्वपूर्ण ग्रन्थ महाभारत संसारकै सबभन्दा लामो काव्य हो । यसमा एक लाख असी हजार शब्द छन् ।
हिन्दू धर्ममा १०८ अंकको उच्च स्थान छ । यसलाई पवित्र मानिन्छ । एक सय आठवटा दाना भएको मालाबाट जप गर्दा फल पाइने विश्वास छ ।
हिन्दू धर्मको ग्रन्थ ऋग्वेद संसारकै सबभन्दा प्राचीन ग्रन्थ हो ।
हिन्दू धर्म मात्र शायद यस्तो धर्म हो जसमा देवी र देवतालाई समान रूपमा आस्था र सम्मानपूर्वक पूजा गरिन्छ ।
भारत र नेपालमा भएका केही मन्दिर हजार वर्षभन्दा पनि पुराना छन् ।
संसारभरि लोकप्रिय रहेको योग, प्राणायाम, अंकज्योतिष, हस्तकला र वास्तु संसारभरि प्रसिद्ध छ र यिनीहरू हिन्दूधर्मकै उपज हुन् ।
हिन्दू धर्ममा मात्र नास्तिकतालाई पनि स्वीकार गरिएको छ । चार्वाक दर्शन प्राचीन दर्शन हो । अन्य प्रमुख धर्ममा नास्तिकलाई मृत्यदण्डको विधान थियो/छ ।