Home निर्वाचन बझाङमा एमालेमा भाँडभैलो मच्चियो, खडा भए दुई जना बागी उम्मेदवार
बझाङ । बझाङमा एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुई जनाले बागी उम्मेवारी दर्ता गराएका छन् ।
एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधि सभा र शेरबहादुर बोहराले प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को लागि बागी उम्मेदवारी दिएका छन् ।
उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रीय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएकोप्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका छन् ।
यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएका छन् ।
बागी उम्मेदवारी दर्ता गर्दै प्रतिनिधि सभाको लागी बागी उम्मेदवारी दिएका गोपाल खड्काले लोकतान्त्रिक पार्टी भन्ने तर लोकतान्त्रिक अभ्यासको कदर नभएका कारण आफुले बागी उम्मेदवारी दिनु परेको बताएका छन् ।
उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटिमा भएको निर्वाचनमा प्रदेश सभाको लागि जिल्ला अध्यक्ष दिलबहादुर सिंहले ४७ मत र अजुर्न थापाले २४ मत प्राप्त गरेका थिए ।
एमालेले कम मत प्राप्त गर्ने थापालाई टिकट दिएको भन्दै अध्यक्ष समर्थक कार्यकर्ताहरु रुष्ट भएका हुन् ।
Related