१८ गते मन्वादी, कार्तिकस्नान चतुर्मासव्रत समाप्ति,
गुरुनानक जयन्ती,
१९ गते थानकोट महालक्ष्मीयात्रा,
२१ गते मंगलचतुर्थीव्रत,
मेषः साता मध्यम खालको रहनेछ । शनिबार भाग्योदय हुनेछ । पढाइ लेखाइले पनि निकै गति लिनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार कार्यसिद्धिदायक रहनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
वृषः साता मिश्रित प्रायः रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । मंगल, बुधबार बोलीवचनमा निकै सावधान रहनु पर्नेछ । बृहस्पति, शुक्रबार कार्यगत तव्रिता थपिनेछ ।
मिथुनः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार भाग्यवृद्धिकारक रहनेछ । बृहस्पति, शुक्रबार आर्थिक र मौखिक पक्ष निकै कमजोर रहनेछ ।
कर्कटः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार कठिनाइपूर्ण तरिकाले काममा सफलता मिल्नेछ । रवि, सोमबार सबैतिरबाट लाभैलाभ हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्योदय हुनेछ ।
सिंहः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्म गरिनेछ । रवि, सोमबार मानसम्मान र पदप्रतिष्ठा मिल्नेछ । मंगल, बुधबार आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
कन्याः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मधयम प्रायः रहनेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ ।
तुलाः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार तुलनात्मक रुपमा सुखद रहनेछ । पारिवारिक सहयोग पायनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार संघर्षपूर्ण तरिकाले काम बन्ने देखिन्छ ।
वृश्चिकः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु पराजित हुनेछन् । आत्मबल बढ्नेछ । रवि, सोमबार पारवहन कार्य सहज रहनेछ । प्रियजन भेटिनेछन् । मंगल, बुधबार शिथिलप्रायः रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।
धनुः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार निर्णय क्षमता बढ्नेछ । रवि, सोमबार शत्रुमाथि विजय प्राप्त हुनेछ । मंगल, बुधबार सबै प्रकारले सुख प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।