राप्रपा प्रजातान्त्रिकको घोषणापत्र सार्वजनिक

339

काठमाडौं–बृहत प्रजातान्त्रिक एकता कायम गर्दै मुलुकमा तीव्र आर्थिक विकास गर्ने संकल्पसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
बुधबार काठकाडौंमा एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको आधार स्तम्भ खडा गरेर राष्ट्र निर्माणमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । अध्यक्ष राणाले प्रजातान्त्रिक शक्तिहरुबीचको एकताको जगमा मात्रै मुलुकमा तीव्र आर्थिक गर्न सकिने स्पष्ट पारे ।

घोषणा पत्रमा राजनीतिक स्थिरता, तीव्र आर्थिक विकास गरी मुलुकमा गरिवी हटाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
त्यसैगरी भ्रष्टाचारमु्क्त समाजको निर्माण गर्ने, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पहिचान कायम गर्न लागि पर्ने अठोट पनि गरिएको छ । अध्यक्ष राणाले सबल राष्ट्र निर्माणका लागि राजनीतिक स्थिरता कायम गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
पार्टीले मध्यम आयस्तरको समुन्नत राष्ट्रमा नेपालको स्तरोन्नति गर्ने योजना पनि अघि सारेको छ । घोषणा पत्रमा बाम गठबन्धनले मुलुकमा अधिनायकवादी शासन व्यवस्था ल्याउने आशंका व्यक्त गर्दै त्यसप्रति सचेत रहँदै प्रजातान्त्रिक शक्तिहरुको पक्षमा मतदान गर्न पनि आह्वान गरिएको छ ।