जनकपुर । नेपाली काँग्रेस धनुषा क्षेत्र नम्वर तीनकाे अायाेजनामा भएकाे चुनावी कार्यक्रममा राजपाका चार सय भन्दा बढि युवा नेपाली काँग्रेस प्रवेश गरेका हुन् । जनकपुर क्षेत्र नम्वर तीनका उम्मेदवार बिमलेन्द्र निधिले युवाहरूलाई पार्टी प्रवेश गराउनु भएकाे हाे ।
उहाँले युवाहरूलाई पार्टी प्रवेश गराउँदै अवकाे मधेशकाे अान्दाेलनकाे नेतृत्व नेपाली काँग्रेसले भन्दा बाहेक गर्न नसक्ने बताउनु भएकाे छ । मधेशकाे मात्र हैन देशकाे लागि नै अाफु लाग्ने बताउँदै अान्दाेलन गरि निचाेडमा नलगी मधेशलाई बेची सम्झाैता गरि सत्तामा जानका लागी मात्र राजपा रहेका कारण यसकाे अावश्यकता मधेशलाई नै नभएकाे बताउनु भयाे। जाे एक मधेश एक प्रदेशका कुरा गर्छन उनीहरू मधेश अान्दाेलनका विराेधी हुन् ।
उनीहरू अधिनायकबादी हुन जाे मधेशकाे विकासका लागि हैन कमाई खानका लागी मात्र हुन् उहाँकाे अाराेप रहेकाे थियाे । केवल एक मधेश एक प्रदेशकाे नाराले मधेशलाई निकास नदिने मधेशकाे नारा त पहाड र हिमाल सँग बरावर भएमात्र सम्भव भएकाे उहाँकाे भनाई थियाे । बाम गठबन्धन पनि केवल अाफु एक्लै चुनाब लड्न डरका कारण र सत्ता कब्जा गरेर प्रजातन्त्र अनि लाेकतन्त्रकाे हत्या गर्न भएकाे अाराेप लगाउनु भएकाे थियाे ।
कार्यक्रममा मधेश क्रान्ती फाेरमका युवा नेता नविन यादवले केवल नेपाली काँग्रेसका मार्फत मधेशले निकास पाउने बताउनु भएकाे थियाे ।उहाँले पुर्व सभासद संजय शाह (तक्ला)काे पनि समर्थन रहेकाे बताउनु भयाे ।