कलेजको पैसा विदेश टाप कसाय लाम्वोधरले

758

नेपाल इन्जिनियरिंङ कलेज चाँंगुनारायण भक्तपुरको अनियमितता प्रकरण

काठमाडौं । नाफारहित उद्देश्यले भक्तपुरको चाँंगुनारायणमा सञ्चालित नेपाल इन्जिनियरिंङ कलेजमा सात करोड ६१ लाख सात हजार १० रुपैयाँंको आर्थिक हिनामिना भएको नयाँं रहस्य खुलेको छ । तत्कालिन कलेजका कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानेले कलेजको रकम एकलौटी रुपमा झिकेर अष्ट्ेयलिया पठाएको नयाँं तथ्य फेला परेको हो ।

तथ्य फेला परेपछि कलेजका संस्थापक एवं अध्यक्ष तथा कार्यबाहक अध्यक्षसँंग सहकार्य गर्ने सञ्चालक प्राडा दीपकप्रसाद भटराईले उक्त रकम चलनचल्तीको व्याजसहित फिर्ता गर्न कार्यकारी अध्यक्ष लम्वोदरलाई चिठी काटेका छन् । (लेटर प्याडमा रहेको चिठी यसैसाथ संलग्न छ ।) कलेज सञ्चालक समितिको १८३ औं बैठकले यो निर्णय गरेको उल्लेख छ । बैठकमा विद्यार्थी प्रतिनिधि, सरोकारवाला स्थानीय प्रतिनिधिहरु, कलेजका कर्मचारी उपस्थित रहेको जनाइएको छ ।

 

पत्रमा उल्लेख भए अनुसार कार्यकारी अध्यक्ष लम्वोदरले फागुन २०, २०७३ को सञ्चालक समितिको विशेष बैठकमा अवैधानिक निर्णय गरी कलेजको माछापुछे्र बैकमा रहेको एक करोड ५० लाख, प्रभु वैंकमा रहेको ८६ लाख २८ हजार एक सय ४१, माछापुछे बैंक लिमिटेडमा रहेको खाताबाट दुई करोड ६३ लाख ७३ हजार आठ सय ६१ र सिद्धार्थ बैंक लिमिटेडमा रहेको खाताबाट दुई करोड ६१ लाख पाँंच हजार गरी यी रकम झिकिएको पाइएको उल्लेख छ ।
भौतिक संरचना बनाउन र विद्यार्थी शिक्षक र कर्मचारीहरुको हकहितको लागि खर्च गर्न पाइने खर्च कलेजका अध्यक्ष लम्वोदरले भ्रष्टाचार गरी अष्टेलिया पठाएको भन्दै विद्यार्थी रुष्ट छन् ।