जनताको छोरो बचाउन युवा संघ जनकपुर उप-महानगर कमिटिको समर्थन निधिलाई

393

जनकपुर । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल जनकपुर उप महानगर कमिटिले बाम गठबन्धन छोडेर लोकतान्त्रिक गठबन्धनका साझा नेता बिमलेन्द्र निधिलाई सघाउने भएको छ ।

पुर्व सभासद एवं जनकपुरका लोकप्रिय नेता संजय शाहको समर्थनमा युवा संघले पनि निधिलाई नै सघाउने भएको हो । जनकपुरमा सर्वाधिक लोकप्रिय नेता संजय शाहा हाल जेलमा भएपनि उहाँको समर्थन बिमलेन्द्र निधिलाई भएका कारण जनकपुरमा संजय शाहका समर्थकले राजपा, एमाले लगाएतका आफ्ना दलका नेता निर्वाचनमा भएपनि शाह पथलाई नै सघाउने भएका हुन् । युवा संघ जनकपुर उप महानगर कमिटि अध्यक्ष रोशन कर्णले सार्वजनिक रुपमा नै निधिलाई सघाउने बताउनुभएको छ ।

उहाँले जनकपुर बासीका लागी एवं सम्पुर्ण संजय शाह एवं मधेश मुक्ती फोरमलाई सघाउने बताउँदै राजपामा उम्मेदवार रहेका

राजेन्द्र महत्तो स्वार्थी नेता भएका कारण जनकपुरको छोरोलाई छलछाम गरी जेल पुञ्याउन उसको नै हात भएको पुस्टि भएको आरोप लगाउनु भएको छ ।

आफु एमालेको भातृ संगठनमा रहँदा आफ्ना पार्टी अध्यक्षले अन्यायमा परेका संजय शाह जस्ता लोकप्रिय नेताको साथ दिनु भन्दा आपराधिक क्रियाकलापमा संलग्नलाई टिकट दिन र समर्थन गर्नै नै ब्यस्त भएका कारण ओली नेपालमा एक नम्वरको फटाहा र केवल गफाडी नेता भएको उहाँको आरोप रहेको थियो ।

संजय शाहको समर्थनमा निधिलाई समर्थन गर्दै अभिब्यक्ति दिनु हुँदै कर्ण भिडियो ।