ब्यक्तिले आफ्नो दुर्बलताका कारण बाट मात्रै आफ्नो स्वतन्त्रता गुमाउछ।ब्यक्तीगत स्वतन्त्रतालाई म मुल्यवान ठान्दछु तर यो कदापी बिर्सिनु हुदैन कि मानिस बास्तवमा एक सामाजिक प्राणी हो।
आफ्नो ब्यक्तिबादलाई सामाजिक प्रगतिको अपेक्षका साथ समायोजन गरेर नै उसले यत्रो उन्नती गर्न सकेको हो।यदि ब्यक्तीगत स्वतन्त्रता समाप्त भयो भने निश्चित ठान्नुस कि सवथोक समाप्त भयो किनकि यदि ब्यक्तिको नै महत्व रहेन भने समाजमा बच्यो के र?
ब्यक्तिगत स्वतन्त्रताले नै मानिसलाई समाजसेवाका लागिस्वेच्छापुर्वक पूर्णतया र्समपित गराउन सक्तछ । मानिसलाई ब्यक्तिगत स्वतन्त्रताबाट बञ्चित गरेर सम्भवत : कुनै समाजको रचना गर्न सकिदैन । प्रत्येक ब्यत्तिमा आफ्नो प्रतिभाको उपभोग गर्ने पुरा स्वतन्त्रता हुनु पर्दछ ,त्यसका साथै उसका छरछिमेकीलाई पनि त्यहि स्वतन्त्रता मिल्नुपर्दछ । हामी एक्लै आयौ या धेरै,हामीले आफ्नो आत्मसम्मान र मान्यता लाई बलि दिएर पाईने स्वतन्त्रता प्राप्त गर्न अस्वीकार गर्नु पर्दछ ।हामी स्वतन्त्र स्त्री पुरुषका रुपमा बाच्न सक्नदैनौ भने त्यो भन्दा त उचित मृत्यु हुन सक्दछ ।
कार्लमाक्स र एन्जेल्सको मत अनुसार साम्यबादको स्थापना त्यस्ता देशहरुमा हुनेछ जहा पुजीबाद (Capitalistic) ब्यबस्था अन्तरगत अत्याधिक बिकास भएको होस । कार्लमार्क्सको पुस्तक कम्युनिष्ट पार्टीकोघोषणपत्रमा साम्यबादको स्थापना पहिले बेलायत र फ्रान्स जस्ता पुजीबादी राष्ट्रहरुमा हुनेछ ।तर मार्क्सबादी घोषणाको ठिक बिपरित साम्यबाद गरिव र अविकसित राष्ट्रहरुमा स्थापना भएको देखिन्छ ।
मार्क्सबादी बिचारधारा अनुसार पुजीबादी देशमा बिद्यमान मध्यमवर्ग Middle Class क्रमश लोप हुदै गई पुजिबादको चरम अवस्थामा र्सवहारा बर्गमा बिलय हुनेछ ।मध्यम वर्गीय जनता पुजीबादको चरम अवस्थामा र्सवहारा वर्गमा बिलीन भएपछि समाजमा जम्मा दुर्इ र्सवहारा वर्ग र पुजीपति वर्ग मात्र हुनेछ ।तर यो घोषणा आज शतप्रतिशत गलत सावित भएका देखिन्छ ।मार्क्सबादी मत बिपरीत समाजमा मध्यम वर्गको संख्या अत्याधिक बढेर गएको छ।
पुजीबादी देशहरुमा मजदुरहरुको अधिक मात्रामा हित हेरियो ।मजदुरहरुको हक हितको सुरक्षाका साथै बालवच्चाहरुको कल्याणको लागि अनेकौ कानुन तथा बिधेयक तथा घोषणाहरु भएको देखिन्छ । मजदुरहरुको आर्थिक जीवन स्तर अत्याधिक मात्रामा बृद्दि भएको देखिन्छ । साम्यबादी दर्शन अनुसार साम्यबादको अन्तिम चरणमा सरकार रहने छैन अर्थात साम्यबादमा सरकार विहिन राज्य ब्यबस्थाको परिकल्पना गरिएको छ।
राज्य संचालनमा आवस्यक बिभिन्न मन्त्रालयहरु,बिभागहरु,प्रहरी तथासैनिकहरुको उपयोगिता साम्यबादमा रहने छैन भन्ने नै हो तर आज नागरिकहरुको प्रत्येक जीवनमा सरकारको अनाबस्य हावी रहेको पाईयो । सरकारको अङ्ग प्रत्यङ्गको अत्याधिक र अनाबस्यक बृद्दिले जनताको जीवनमा थप कष्ट भैरहेको छ ।बिरोधीहरुलाई दवाउन हरदम प्रहरी,गुप्तचर र सैनिकहरुको आवस्यकता रहने साम्यबादी ब्यबस्थामा सरकार लोप हुने हुने कुनै लक्ष्यण देखिदैन । चिन, उत्तरकोरिया, क्युवा आदि देशमा आज पनि सैनिकको हावी नै देखिन्छ ।
कुनै पनि जनजाती तथा वर्गहरुलाई राष्ट्र र राष्ट्रियता भन्ने सवैभन्दा ठूलो र महत्वपूर्ण प्रश्न हुन्छ।आफ्नो जाति र राष्ट्रियता को सुरक्षाका लागि देशमा सम्पूर्ण बर्गहरु स्वाभिमानको लडाई लड्न सक्दछन भन्ने प्रमाण बिश्वयुद्द हरुलाई नै मान्न सकिन्छ । तर मार्क्सबादले र्सवहारा वर्गको राष्ट्र र राष्ट्रियता प्रतिको माया ममतालाई अवमुल्यन गरेको पाईन्छ ।कार्लमार्क्सले भनेका थिए र्सवहारा बर्गको कुनै राष्ट्र हुदैन।तर युद्दमा लर्डाई लडेका साहशिला मजदुरहरु आफ्नो राष्ट्रियता बचाउन को लागि प्राणको आहुती दिएको इतिहास साक्षी छ ।
साम्यबादी दर्शनको मुलमन्त्र रहेको वर्ग संर्घष Class War लाई कुनै मानवताबादी धारण राख्ने ब्यक्तिे स्वीकार गर्न सक्दैन । मानवताबादीहरुका अनुसार समाजमा बिद्यमान वर्गहरुलाई समन्वय,मित्रता,रअंहिसाको आधारमासमाज भित्रको असमानता हरुलाई हटाउने उपाय खोजिनु पर्दछ ।एउटा वर्गले कुनै अर्को वर्गको हत्या तथा हिंसाको आवस्यकता देख्नु आधुनिक राजनैतिक सिद्दान्तलाई सुहाउने कुरा होईन।हिसांद्दारा मात्र गरिएको समाधान हिंसाद्दारा मात्र टिकाउन सकिन्छ भन्ने स्वयं सिद्द तथ्यलाई बर्तमान साम्यबादी देशहरुले नै प्रष्ट पारेका छन ।
एउटा हिंसाले अर्को हिंसालाई जन्माउन्छ भन्ने बास्तविकतालाई साम्यबादी दर्शनले बुझ्न आवस्यक छ ।हाम्रेा देशमा भएको १० बर्से जनयुद्द नै उदाहरण हो । मार्क्सबादी दर्शनमा मानिसलाई केवल पेटको आधारमा मात्र ब्याख्या गर्न खोजिएको छ ।तर मानिसमा पेटमात्रै होईन मुख तथा हात खुट्टा पनि हुन्छ भन्ने यर्थाथतालाई बुझ्न सकेन त्यो नै माक्सबादको सवै भन्दा ठू्रलो कमजोरी रहयो ।
कार्लमाक्सले जानेर होस् या अन्जानमा मानिसलाई केवल पेटको आधारमा मात्र ब्याख्या गर्दा मानिस प्राय पिजंडाको सुगा भन्दा बढी भएन ।जसलाई मालिकले बचाउनका लागि खाना दिएता पनि उड्न भने दिदैन । मानिस मात्र आर्थिक प्राणी हैन उ राजनैतिक तथा सामाजिक प्राणी पनि हो ।