काठमाण्डौं । राप्रपाको निर्णय विपरित कार्य गर्ने जो कोहीलाई पनि कारवाही गरिने राप्रपा केन्द्रिय अध्यक्ष कमल थापाले बताउनुभएको छ । उहाँले उपत्यका लगाएत देश भर झापा बाहेकका स्थानमा लोकतान्त्रिक गठबन्धन सँग नै आफ्नो समर्थन भएको बताउँदै यदि यो निर्णय बेगर कुनै पनि हर्कत गर्नेहरु प्रति कारवाही गरिने उहाँले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार गठबन्धन भन्दा बेगर राप्रपाले कुनै पनि उम्मेदवार दिएको छैन र यो मान्य पनि नहुने बताउनुभएको छ ।
अध्यक्ष थापाका स्वकिय सचिव दामोदर बाग्लेले भक्तपुरको सम्वन्धमा राप्रपा भक्तपुरका अध्यक्षले निकालेको विज्ञप्ती निराधार भएको बताउनुभयो । उहाँले यो पार्टीको निर्णय हैन । भक्तपुरमा पनि हाम्रो समर्थन केवल नेपाली काँग्रेस अर्थात लोकतान्त्रिक गठबन्धनलाई नै भएको जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा राप्रपा प्रति रहेको भ्रमलाई चिर्दै निधक्क भएर गठबन्धनलाई सधाउन समेत आग्रह गर्नुभयो ।
वाग्लेका अनुसार केन्द्रिय सदस्य यवती कार्की र पार्टी सदस्य माधव खत्रीले पार्टी निर्णय अनुसार नै लोकतान्त्रिक गठबन्धनलाई नै समर्थन गर्दै गरेको प्रचार उचित भएको जानकारी दिनुभयो । साझ न्यूजवाट







































