बेबिलोन र भारतको विद्यालयवीच सम्वन्ध

366

काठमाडौं ।ब्रिटिस काउन्सिलद्धारा स्थापित अन्तर्राष्ट्रिय स्कुल पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड,आइ.एस.ए २०१५—०१८) जित्न सफल बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्ति नगरमा एपोलो नेशनल पव्लिक स्कुल बैंगलोर भारतका शिक्षक प्रतिनिधि आएर यहाँको अध्यापन तरीका, कक्षाकोठा, विद्यालयको वातावरण र अतिरिक्त कृयाकलाप बारे अध्यन गरेका छन् ।
एपोलो स्कुलकी शिक्षिका रत्ना सिन्धुर तथा बंैगलोरकै अर्काे विद्यालय लक्ष्मी नटराजन विद्यानिकेतनका सिनीयर प्रिन्सिपल बालाजी राजागोपाल बेबिलोन नेशनल स्कुलमा आएर त्यसबारे अध्ययन गरेकाहुन । उनीहरुले भारतका परम्परागत बाजागाजा र शिक्षण
विधिबारे आफ्नो अनुभवबताएका थिए ।
इन्टरनेशनल स्कुल एवार्ड जित्न सफल नेपालको विद्यालयले नेपालकै ग्रामीण भेगको विद्यालयको साथै दक्षिण एशियाली मुलुकको कुनै पनि एउटा विद्यालय विच साझेदार सम्वन्ध राख्नुपर्छ । सोहीअनुरुप बेबिलोन नेशनल स्कुलले एपोलो नेशनल पव्लिक स्कुल बैंगलोरसंग सम्वन्ध राखेको हो ।
बेबिलोन स्कुलले आगामी दोस्रो अवधिको लागिपनि ब्रिटिस काउन्सिलसंग सो पुरस्कार पुर्नःप्राप्तिकालागि विद्यार्थी, विद्यालय, अध्यापनसंग सम्वन्धित विभिन्न आयोजनाहरु सञ्चालन गरिरहेको छ ।
एपोलो स्कुलबाट आएका टोलीलाई बेबिलोन नेशनल सेकेण्डरी स्कुलका प्रिन्सिपल राजु राई,इन्टरनेशनल स्कुल एवार्ड कार्यक्रमकी संयोजक शिक्षिका अनिता सिग्देलले भारतीय विद्यालयका शिक्षहरुलाई विद्यालयमा स्वागत गरेका थिए भने विद्यार्थीहरुले उनीहरुको सम्मानमा सांगिती ककार्यक्रम प्रस्तुत गरेकाथिए ।
यसका साथै विद्यार्थीहरुले तयार गरेका विभिन्न सिर्जनाहरु प्रदर्शन गरेकाथिए । विद्यालयले नेपाली सांगतिक क्षेत्रमा प्रयोग हुने परम्परागत बाजागाजा प्रदर्शनीमा राखेको थियो ।
केही दिन बेबिलोन स्कुलबाट अध्यापन विधि लगायत यहाँको शैक्षिक अनुभव सिकेर बैंगलोरका शिक्षक टोली भारत फर्किनेछ भने बेबिलोन स्कुलका शिक्षकको टोली केही महिनापछि भारतको सो विद्यालयको अध्ययन भ्रमणमा जानेछ ।